ट्र्याक्टरले किचेर बालिकाको मृत्यु

सुरुङ्गा, २७ कात्तिक (रासस) : छठ पूजाका लागि मेची नदीको पूजा स्थल (घाट) तर्फ जाँदै गरेकी एक बालिकाको आज ट्र्याक्टरले किचेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ पोखरीटोल निवासी राखी यादवकी ६ वर्षीया छोरी राशी यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो । 

मेची नदीको किनारमा तयार गरिएको घाटमा पूजाका लागि मे१त ५२३२ नंको ट्र्याक्टरमा चढेर गइरहेको अवस्थामा त्यसबाट खसेको र सोही ट्र्याक्टरले किच्दा उनको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता