
श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवत्सरे,दक्षिणायने,शरद्रृतौ, वि.सं. २०७५ कार्तिक २८ गते बुधवार , ईसवीय सन् २०१८ नोभेम्वर १४ ,कार्तिक शुक्ल सप्तमी,सूर्योदय विहान ६ः२३ ,सूर्यास्त बेलुकी ५ः१२, नक्षत्रःश्रवण, योग ः गण्ड, करणः गर, चन्द्र राशिः मकर
मेषः— सङ्घर्षको वातावरणमा घुलमिल हुनु पर्दा मानसिक चिन्ता थपिएला । सामान्य धन हानिको योग रहेको छ ।
बृषः— प्रेम प्रसंगमा रम्न मन लाग्ने योग रहेको छ । विशिष्ठ व्यक्तिको साथले काम बन्ला ।
मिथुनः— धार्मिक क्षेत्रमा सामेल हुनुपर्ला । सामान्य ज्वरोको भय रहेको छ ।
कर्कटः— विगतका मनोकाङ्क्षाहरु पुरा हुनेछन् । आँटेका र तोकेका कार्य सम्पन्न होला ।
सिंहः— कार्यक्षेत्रमा भाँजो हाल्नेहरु बढ्नेछन् । स्वास्थ्य सामान्य रहला ।
कन्याः— बोल्दा होस पुर्याउनु पर्ने देखिन्छ नत्र धन गुम्ने खतरा रहेको छ ।
तुलाः— व्यवसायबाट राम्रो आम्दानि लिन सकिनेछ । मित्रबाट सहयोग मिल्ने देखिन्छ ।
वृश्चिकः— अध्ययन अध्यापन कार्य अधुरो रहला । वैदेशिक रोजगारमा जानेहरुका लागि आजको दिन शुभ रहेको छ ।
धनुः— परिवारको स्वास्थ्यमा धन नास हुने सम्भावना रहेको छ । पुराना रोगहरुमा सुधार हुनेछन् ।
मकरः— प्राविधिक क्षेत्रमा स्तर उन्नति हुने सम्भावना रहेको छ । गरेका कामबाट लाभ होला ।
कुम्भः— खुट्टा तथा तिघ्रामा सामान्य चोटपटकको भय रहेको छ । जनावरहरुबाट सावधानी अपनाउनु पर्नेछ ।
मीनः— भाग्य बृद्धि हुने सम्भावना रहेको छ । मनमा हर्ष र उमंग भएतापनि चञ्चल रहला।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”