नगर प्रहरीले हर्कटे बजारमा प्लास्टिक बरामद, प्लास्टिकमा १ लाख पैसा रहेको पिडितको दावी

  • नमीन ढकाल

हर्कटे, २७ कार्तिकः नगर प्रहरीले सुर्योदय नगरपालिका–६ हर्कटेमा सोमबार गरेको अनुगमनले विवाद निम्त्याएको छ । नगरपालिकाले प्लाष्टिकमुक्त अभियान अगाडी बढाइरहेको बेला हर्कटे बजारमा निषेधित प्लास्टिक प्रयोग भइरहेको सुचनाका आधारमा खटिएको नगर प्रहरीले स्थानीय खडग सुवेदीको पाँचथर किराना पसल लगायत अन्य ३ पसलबाट ५ केजी बराबर प्लास्टिक बरामद गरेको थियो । नगर प्रहरीले प्लास्टिक बरामद गरेपछि व्यवसायी सुवेदीले सो प्लाष्टिकभित्र आफनो नगद १ लाख रुपैया रहेको दाबी गरे । उनले भने ‘म पसलमा थिइन पसल अनुगमन भएछ, मैले प्लाष्टिकमा पैसा राखेको थियो जुन कुरा श्रीमतीलाई समेत थाहा थिएन उनी मात्र भएको बेला प्लाष्टिक जफत गरिएछ । प्लाष्टिक भित्रको पैसा फिर्ता पाइन’
 यता वडा नं ८ का अध्यक्ष एवम वन विपद तथा वातावरण समितिका संयोजक सुवासकुमार राईले प्लास्टिकभित्र नगद नभेटिएको बताए । उहाँले भन्नुभयो ‘ म पुग्नु अगाडी नै प्रहरीको असइ साहेव र नगर प्रहरीहरुले हेर्नुभएको रहेछ पैसा पाइएन । यस बिषयमा छानविन नगरी केही भन्न सकिदैन ।’ प्लाष्टिक करिब १० बजेको समयमा बरामद गरिएको भएपनि पैसा भएको भन्ने कुरा ३ बजे मात्र जानकारी पाएको राईले बताए ।  
पसलमा रहेको प्लास्टिक सुवेदीको श्रीमतीले नै दिएको नगर प्रहरीले आफुलाई बताएको राईले जानकारी दिए । अनुगमनमा आएका व्यक्तीहरु सादा पोसाकमा आएका र आफुलाई नगर प्रहरी भन्दै पसलमा रहेको ३ केजी प्लास्टिक बरामद गरेर लगेको श्रीमतीले सुनाएको पिडित सुवेदीले जानकारी दिए । उनले भने ‘सादा पोसाकमा आएका व्यक्तीहरुले वडाध्यक्ष शिवबहादुर बस्नेतले निर्देशन दिएको भन्दै प्लाष्टिक लगेका हुन । बरामद गर्ने व्यक्तीहरुले आधिकारिक परिचयपत्र नदेखाएको कारण उनीहरु नगर प्रहरी हुन की होइनन् भन्ने कुरामा आफुहरुमा अन्योल रहेको छ’
यता वडाध्यक्ष बस्नेतले अनुगमन गर्ने व्यक्तीहरु सुर्योदयका नगर प्रहरी नै भएको बताए । उनले भने ‘ नगर प्रहरीलाई अनुगमन गर्न वडाध्यक्षको निर्देशन नचाहिने र प्लास्टिक प्रयोग भएको पाइएमा बरामद गर्न पाउने छन । तर प्लास्टिक भित्र पैसा थियो थिएन भन्ने बारेमा जानकारी छैन ।’
वडाध्यक्ष बस्नेतले पिडित सुवेदीलाई कानुनी प्रक्रिया पुरा गर्न आग्रह गर्दै यस बिषयमा थप अनुसन्धान गरिने बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता