पुस १९मा क्यानको मेला

झापा, २७ कार्तिकः कम्प्युटर एशोसिएसन नेपाल महासंघ( क्यान)मोरङले पुस १९ गते देखि २३ गतेसम्म विराटनगरमा क्यान इन्फोटेक मेलाको आयोजना गर्ने भएको छ । सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएको विकासको बारेमा जानकारी गराउने उद्देश्यले क्यानले इन्फोटेक आयोजना गर्ने भएको हो ।
विराटनगरको जैन भवनमा ५ दिनसम्म हुने इन्फोटेक प्रदेश– १को विशाल र भव्य हुने विश्वास लिइएको  छ ।  क्यान इन्फोटेक मेलामा क्यानका सदस्य संस्थालगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सुचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनीहरुको सहभागिता रहने कम्प्युटर एशोसिएसन नेपाल महासंघ मोरङद्धारा आईतबार जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
मेलामा ब्यवसायीहरुले ब्यापारिक संस्थाहरु विस्थापित गर्ने मात्र नभई नयाँ नयाँ प्रविधि प्रदर्शन गर्ने मौका पाउने र अवलोकन कर्ताले एकै थलोमा सुचना तथा सञ्चार प्रविधिका नयाँ नौलो प्रविधि तथा उपकरणहरुको अवलोकन तथा खरिद गर्न सक्ने क्यानले जनाएको छ ।
नविनतम टेक्नोलोजी, उत्कृष्ट मूल्यमा साथै नेपाली विद्यार्थी तथा स्टार्टअपले डेभलप गरेका विभिन्न प्रविधिहरुको प्रर्दशनी, आर्टि्फिसियल,इन्टिलिजेन्स,स्मार्ट सिटी र साईबर सेक्युरिटीको अवधारणाहरु मेलाको मुख्य आकर्षक रहेको विज्ञप्तिमा जनाइएको छ ।
क्यान महासंघ नेपाल सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ तथा व्यबसायिहरुको छाता संगठन हो ।जसले नेपालमा सुचना प्रविधिको विकास तथा विस्तारमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता