चार्ड पर्वहरु सकिएसँगै गाउँघरको चहलपहल घट्यो

इलाम, २९ कार्तिकः नेपालीहरुले मनाउँदै आएका चार्ड पर्वहरु सकिएसँगै इलामका गाउँघरतिरको चहलपहल घटदै गएको छ । दसैं तिहारका लागि गाउँघरमा आएका स्थानीयहरु रोजगारी, अध्ययन र कामको सिलसिलामा गाउँ, सहर र कतिपयले त देशै छोडेर बाहिर फर्किन थालेपछि गाउँघरमा चहलपहल घटेको हो ।
जिल्लाका अधिकांश बस्तीमा घरैपिच्छे वैदेशिक रोजगारी तथा सहरी क्षेत्रलाई कार्यक्षेत्र बनाएकाहरू छन् । गाउँमा सधैंलाई चहलपहल ल्याउन विकासका पूर्वाधार भित्राउन जरुरी रहेको गाउँबासीको  भनाई रहेको छ । सबै जना सहरतिरै बस्न चाहने भएकाले गाउँबस्ती सुनसान हुनु स्वभाविक रहेको गाउँबासीहरु बताउछन्  । धेरै जसो काठमाडौंमा रोजगारको सिलसिलामा बस्दै आएकाहरु  दशैतिहार मान्न जसरी पनि  गाउँ आउने गरेकाले पनि दशैँ तिहारमा गाउँमा चहलपहल वढेको थियो । 
जिल्लाबाट कामको सिलसिलामा बिदेसिएका हजारौं युवा दसैं मनाउन र काममा घरपरिवारलाई सघाउन असोज महिनामा घर आएर कात्तिक महिनामा फर्किने गरेका छनरु। गाउँबाट कर्मक्षेत्र फर्किनेको संख्यामा वृद्धि भएसँगै इलामका विभिन्न सडकमा चल्ने सवारी साधनमा यात्रुको भिड समेत बढेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता