
श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवतसरे,दक्षिण अयन,शरद ऋतौ, वि.सं. २०७५ कार्तिक १९ गते सोमवार , ईसवीय सन् २०१८ नोभेम्वर ५ ,कार्तिक कृष्ण त्रयोदशी , सूर्योदय विहान ६ः१६ ,सूर्यास्त बेलुकी ५ः१७, नक्षत्रः हस्ता, योगः विष्कुम्भ, करणः गर, चन्द्र राशिः कन्या
मेषः— स्वअध्ययनको क्षेत्रमा तपाईको आज शुभ रहेको छ । आफ्ना मान्छेबाट सहयोग मिल्नेछ ।
बृषः—व्यापारमा अगाडी बढ्ने समय रहेको छ । फेसनका सामानबाट लाभ होला ।
मिथुनः— धार्मिक क्षेत्रमा मन जानेछ । स्वास्थ्यमा केही समस्या आउन सक्छ ।
कर्कटः— साहित्यमा रुची बढ्नेछ । कार्यक्षेत्रमा सामान्य दौडधुपको शिकार भइएला ।
सिंहः— वैदेशिक क्षेत्र आज तपाईको मध्यम छ । रोजेका र गरेका कामहरु पूर्ण रुपमा सम्पन्न होलान् ।
कन्याः— सामान्य धन लाभ हुने समय छ । ऋण चुक्ता होला ।
तुलाः— सामाजिक कार्यमा मन जानेछ । राजनीतिक क्षेत्र आज तपाईको शुभ रहेको छ ।
बृश्चिकः— कार्यक्षेत्रमा सामान्य शत्रुबाधा आउन सक्छ । मन चञ्चल हुन सक्छ ।
धनुः— भौतिक सुख रहला । अध्ययनमा सामान्य बाधा आउन सक्छ ।
मकरः— कृषी क्षेत्रबाट लाभ कमाउन सकिनेछ । अनावश्यक खर्च हुने सम्भावना रहेको छ ।
कुम्भः— प्रेम सम्बन्धमा सामान्य खटपट आउन सक्छ । कार्यस्थानमा कब्जा जमाउन सकिनेछ ।
मीनः— घरायसी क्षेत्रमा सामान्य बाधा उत्पन्न होला । धार्मिक क्षेत्रमा मन जाला ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”