
इलाम, २५ मंसिरः निर्धन उत्थान लघुबित माईजोगमाई गाउपालिका वडा नं ४ मा ३ दिने अकबरे खोर्सानी खेती सम्बन्धि तालिम सुरु भएको छ ।
तालिमको उदघाटन कार्यकमका प्रमुख अतिथि बडा नं ४ का अध्यक्ष गणेश राईले गर्नुभएको थियो । साथै बिेशेष अतिथि वडा सदस्य राम घिमिरे रहनुभएको थियो । निर्धन उत्थान लघुबितमा ३० जना ग्राहक सदस्यहरुलाई दिइने तालिमको सहजीकरण पदेश नं १ का कृषि बिशेषज्ञ डानीयल रेग्मीले गर्नुभएको शाखाका चन्दमणि पाण्डले जानकारी दिनुभयो ।