स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक, २४ मङ्सिर: स्कुल बसको ठक्करबाट झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गी सडकखण्डमा आज दिउँसो एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमकतर्फ आउँदै गरेको दमकस्थित ग्लोबल एजुकेशन एकाडेमीको को १ क२३९० नम्बरको स्कुल बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा झापा गौरा दह नगरपालिका–४ का ६२ वर्षीया निर्मला कार्कीको ज्यान गएको रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिनुभयो । 
मृतकको चार घण्टापछि वतन खुलेको प्रहरीले जनाएको छ । मृतकलाई बाटो काट्ने क्रममा ठक्कर दिएको र उहाँको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले जानकारी दिनुभयो । प्रहरीले ठक्कर दिने बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा रहेको जनाएको छ । 
शरणार्थीद्वारा प्रदर्शन 
अन्तर्राष्ट्रिय मानवअधिकारको दिवसको अवसर पारेर भूटानी शरणार्थीले आज यहाँ स्वदेश फिर्ती र राहतको माग गर्दै प्रदर्शन गरेका छन् । शरणार्थी समस्या सुल्झाउन दबाब पु¥याउने उद्देश्यले शरणार्थीहरुले शिविरमा प्रदर्शन गरेका हुन् । 
शिविरमा दातृ निकायको सहयोगमा शिविर व्यवस्थापन समितिले गरेको कार्यक्रमलाई लक्षित गरी प्रर्दशन गरिएको भुटानी रिकन्सिलेसन कमिटी भुटानका संयोजक कृष्णवीर तामाङले बताउनुभयो । प्रदर्शनका क्रममा स्वदेश फर्कन चाहने शरणार्थीले कार्यक्रममा आएका दातृ निकाय उच्च पदाधिकारी, मानव अधिकारकर्मी समक्ष आफ्ना माग पूरा गर्न अनसनसमेत छन् । 
भुटानबाट लखेटिएका वृद्धवृद्धा समेतले आफूहरुको स्वदेश फर्कन पाउने अधिकार सुनिश्चित गर्न माग गरी प्रदर्शनमा सहभागिता जनाएका हुन् । प्रदेश सांसद अर्जुन राईले शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयोग दमक शाखाका प्रमुख खालिड फन्साले शरणार्थीहरुले दातृ निकाय र नेपाल सरकारबाट नियमित सहयोग पाइरहेको बताउनुभयो । 
त्यस्तै, भूटानी शरणार्थी अपाङ्ग सङ्घकी अध्यक्ष देवीमाया गुरुङ, शिविर सचिव टीकाराम रसाइलीले शरणार्थीको मुद्धालाई दातृ निकाय र नेपाल सरकारले त्यतिकै छोड्न नमिल्ने बताउँदै समस्या समाधान गर्न माग गर्नुभयो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता