सडेर जाने अलैँचीको सरबाट लाखौँ आम्दानी


  • बिनय तिम्सीना

इलाम, १० पुसः ताप्लेजुङको नाङफल्याङ स्थायी घर भई फुङलिङमा वसोवास गर्दै आएकी माया गुरुङलाई आफुले उत्पादन गरेको सामाग्री विक्री गर्न अहिले भ्याइनभ्याई छ । उनले सडेर जाने अलैँचीको सरबाट निर्माण गरेका विभिन्न सामाग्रीहरु नेपालको काठमाण्डौँ देखि विभिन्न वाहिरी देशहरुमा समेत जाने गरेको छ । उनले महिनामा कम्तीमा पनि १ लाख सम्मको व्यापार गर्ने गरेकी छन् ।
तप्लेजुङको फुङलिङमा २०६८ सालमा  चन्दन फाइबर उद्योग दर्ता गरेर शुरु गरेको व्यवसायमा अहिले सिजन अनुसार ५ जना देखि १० जना सम्म कामदारले काम गर्ने गरेका छन् । अलैँचीको एक सिजन सरको संंकलन गर्नको लागि उनले ३ लाख सम्म खर्च गर्ने गरिको वताइन । 
अलैँचीको सरबाट उनले मनि पर्स (लेडिज जेन्स), हेण्ड व्याग, विभिन्न प्रकारका ढाकीहरु, गुन्द्री (सुकुल), डुवर म्याट, प्लेस म्याट, टेवुलमा खाना राख्न प्रयोग हुने सामन, विंडा, पोटहोल्डर आदी विभिन्न प्रकारका सामाग्रिहरु बनाएर व्यापार गर्ने गरेको उनी वताउँछिन् । यस्ता सामाग्रीहरु बजारमा ६० रुपयाँ देखी ५ हजार रुपयाँ सम्म विक्री हुने गरेको छ । 
विशेष गरेर अहिले बजारमा मनि पर्सको माग धेरै भएको र म्याटहरुको पनि उत्तीकै माग रहेको उनी वताउँछिन् । उनी यहि उद्योगबाट आफ्ना ७ जनाको परिवारको गुजरा चलेको पनि वताउछिन् ।  
उनी अहिले इलामको मेची क्षेत्र पर्यटन महोत्सवमा यस्ता सामाग्री लिएर आएको भए पनि अन्य महोत्सवमा जस्तो विक्री नभएको गुनासो गर्छिन । गुरुङले भनिन– इलामका मानिसले यस्ता समाग्रीमा त्यती चासो देखाएनन् स्थानीय उत्पादनलाई पहिचन गर्न नसकेको उनले गुनासो गरिन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता