चम्लागाईँ प्रतिष्ठानको साधारणसभा

अर्जुनधारा, १० पुसः चम्लागाईँ प्रतिष्ठान अर्जुनधारा नगर समितिको प्रथम साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
समितिका अध्यक्ष लक्ष्मीकुमार चम्लागाईँको अध्यक्षता र प्रतिष्ठान झापाका अध्यक्ष माधवप्रसाद चम्लागाईँको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत उपाध्यक्ष मधुसुदन चम्लागाईँले गरेका थिए ।
सभामा अध्यक्ष लक्ष्मीकुमार चम्लागाईँले प्रतिष्ठानको प्रगति प्रतिवेदन, सचिव गोपीकृष्ण चम्लागाईँले सचिवको प्रतिवेदन र लेखा समिति संयोजक बालकृष्ण चम्लागाईँले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको आगामी कार्ययोजनाहरु नगर समितिले वंशजको खोजी गरी जिल्ला देखि केन्द्र सम्मलाई पूर्णरुपमा सहयोग गर्ने, कुलवंशको निम्ति कल्याणकारी कार्यहरु गर्ने, वंशजका प्रतिभाशाली व्यक्तिको खोजी गरी उनीहरुको परिचय प्रकाशित गर्दै सम्मानित गर्ने, प्रतिष्ठानलाई सक्ष्म र दक्ष बनाउनको लागि सचेतना कार्यक्रम गर्ने, समाजमा विभिन्न रचनात्मक तथा सामाजिक कार्यहरु गर्ने, सहकारीको कार्ययोजना अघि सार्ने, एसईई मा उत्कृष्ट अंक प्राप्त गरी उत्र्तीण हुने छात्र वा छात्रा एक जनालाई पुरस्कृत गर्नेलगायत रहेका छन् ।
त्यसैगरी सभामा आर्थिक वर्ष ०७१/०७२ देखि ०७४/०७५ सम्मको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदनमा आर्थिक वर्ष ०७१/०७२मा नौ हजार तीन रुपैयाँ, ०७२/०७३मा ५२ हजार सात सय ७५ रुपैयाँ, ०७३÷०७४मा एक लाख २० हजार सात सय ९३ रुपैयाँ र ०७४/०७५मा एक लाख ५२ हजार ९८ रुपैयाँ बराबरको आय–व्यय विवरण उल्लेख गरिएको छ ।
सोही सभाले पुनः लक्ष्मीकुमार चम्लागाईंको अध्यक्षतामा नौ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिलमाया चम्लागाईँ, सचिवमा गोपीकृष्ण चम्लागाईँ, सहसचिवमा बालकृष्ण चम्लागाईँ र कोषाध्यक्ष जनक चम्लागाईँ चयन भएका छन् ।
समितिको सदस्यहरुमा खिनामाया, डिकादेवी, लक्ष्मीप्रसाद र सुन्दरमणी चम्लागाईं चयन भएका छन् । सभाले मधुसुदन चम्लागाईंको संयोजकत्वमा जयप्रसाद, ब्रह्मलाल, भवानी र मनोहरी चम्लागाईं सदस्य रहेको पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । त्यसैगरी लीलाधर चौलागाईंको संयोजकत्वमा गोपाल र विकास चम्लागाईं सदस्य रहेको तीन सदस्यीय लेखा समिति चयन गरेको छ । 
सभामा मेचीनगर प्रतिष्ठानका अध्यक्ष मीनप्रसाद, बुद्धशान्ति प्रतिष्ठानकी अध्यक्ष विष्णुमाया, कोषाध्यक्ष वेदनिधी, बलभद्र चम्लागाईँ लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता