विलिभर्समा येशु ख्रीष्टको सम्झना

बिर्तामोड, १० पुसः येशु ख्रीष्टको जन्म दिनको अवसरमा  बिर्तामोडको विलिभर्स इस्टर्न चर्चमा  सास्कृतिक ख्रीष्टमस सु–समाचार कार्यक्रम सम्पन्न भएको छ । मंगलबार उक्त कार्यक्रममा उपहार आदानप्रदान र चर्चमा सामूहिक प्रार्थना गर्दै मनाइएको हो ।
पछिलो समय ख्रिष्टन धर्मावलम्बिले मात्र नभएर सबै धर्म मान्ने मानिसले क्रिसमस मनाउँदै आएकोले विलिभर्स इस्टर्न चर्च बिर्तामोड कार्यसमिति सदस्य बिरु दर्नालले बताए । बिर्तामोड –४का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा राप्रपाका सुर्यनारायण गणेश, नेपालि कांग्रेसकी उमा सिवाकोटीलगायतको उपस्थिति रहेको थियो । 
ईसाई धर्मावलम्बीले मंगलबार देशभर विभिन्न कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । क्रिसमसको अवसरमा देशभरका चर्चमा प्रार्थना, नाचगान जस्ता कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिएको छ । क्रिसमसमा येशुको शिक्षा एवम् उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
२ हजार १७ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । येशुलाई जिसस क्राइष्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि र्पुयाएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
पछिल्ला दिनमा नेपालमा पनि यस धर्म अँगाल्ने बढेका छन् । २०६२र६३ सालपछि मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष घोषणा गर्नुका साथै राज्यले क्रिसमस पर्वलाई येशु ख्रीष्टको जन्मदिवसका रुपमा मान्यता दिएको छ । अहिले नेपालमा १२ हजार चर्च र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी छन् । २०६४ सालअघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस अहिले सार्वजनिक स्थलमा पनि मनाइने गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता