इलामको मेची क्षेत्र पर्यटन महोत्सवमा व्यापार शुन्य !!

इलामः इलाममा यहि पुस ५ गते देखि शुरुभएको मेची क्षेत्र पर्यटन महोत्सवका स्टलहरुमा व्यपार नभएको व्यपारीहरुले गुनासो गरेका छन् । मेची क्षेत्रको पर्यटन प्रर्वधनको लागि लगाइएको महोत्सव कम रमाइलो मेला ज्यादा जस्तो देखिन थालेको छ । जिल्ला वाहिरका पर्यटकहरुको न्युन उपस्थितिले पनि महोत्सवको सफलतामा प्रश्न चिन्न उठेको छ । 
काठमाण्डौँबाट स्टल लिएरआएका लुगा व्यापारी सराेज मैनाली  भन्छन् यहाँ आएको भाडा पनि नउठ्ने भयो त्यसमाथि सामानहरु पनि राति चोरी भयो । अहिले सम्म आयोजकले चोरीको बारेमा केही निर्णय नगर्दा हामी अन्योलमा परोका छाैँ। 
यसरी महोत्सवमा व्यपार नभएपछि कति स्टलहरु खाली पनि भएका छन् । आयोजकले गेट मनि लिएकोले गर्दा पनि व्यपारमा कमि आएको वताउँछन् इलाम सुलुवुङका किवी व्यवसायी गोपाल खतिवडा उनले भने सोचेको जस्तो व्यपार भएन अन्य ठाउँमा महोत्सवमा जाँदा राम्रो व्यापार हुन्थ्यो तर यहाँ आयोजकको ठाउँ व्यवस्थापनमा कम्जोरी भएकोले पनि व्यापरा नभएको उनि वताउँ छन् ।
मेची क्षेत्र पर्यटन महोत्सवमा आफ्नो अलौँचीको सरबाट बनेको सामनहरुको व्यवसाय लिएर आएकी ताप्लेजुङकी माया गुरुङ मंगलबार दिनभरीमा आफुले विक्री गरेको तीन सय रुपयाँको लिस्ट देखाउँदै भन्छिन् – अन्य महोत्सवमा जाँदा राम्रो व्यपार गर्ने गरेका थियौँ तर इलाममा व्यपार भएन आयोजकको व्यवस्थापन पनि राम्रो छैन खान वस्न भनेर बोलायो तर अहिले त्यो पनि दिएको छैन स्टलको भाडा तिर्ने पैसा सम्म उठेको छैन ।
इलाममा सुरुभएको महोत्सवमा शुन्य ब्यापार भए पछि स्टल राखेर वसेका व्यपारीहरु स्टल उठाउने कि राखिरहने भनेर अन्योलमा परेका छन् । १२ दिन सम्मको लामो महोत्सवमा व्यपार नभए पछि पर्यटकहरु पनि भित्रिएका छैनन् । महोत्सव सँगै भएको रमाइलो मेलाले स्थानीयलाई भुलाएको छ तर पर्यटकभने आएका छैनन् । महोत्सव आयोजकले भने ५० हजार पर्यटक जसरी पनि भित्रिइने र व्यापार भइरहेको दावी समेत गरेको छ ।  यसरी मेला महोत्सव लगाउँदा केको लागि लागाइने हो आयोजक स्पस्ट नभएको देखिन्छ । आयोजकले रमाइलो मेलाबाट आम्दानीत गरेको देखिन्छ तर पर्यटन प्रवर्धनको लागि लगाइएको महोत्सवमा पर्ययटकहरु भित्रिइने सम्भावना कमै देखिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता