फिक्कलको निःशुल्क आँखा शिविरः पहिलो दिन २५ जनाको शल्याक्रिया

फिक्कल, २४ मंसिरः  इलामको सूर्योदयन गरपालिकाको फिक्कल स्वाथ्य चौकीमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सोमबारदेखि सुरू भएको छ । सोमबार २५ जना मोतियाविन्दुका रोगीको आँखाको शल्याक्रिया गरिएको छ । 
नेपाल नेत्रज्योति सङ्घ इलाम, सूर्योदय नगरपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्त आयोजनामा शिविर सञ्चलन भएको हो ।
मङ्सिर १६ गतेदेखि सूर्योदयन गरपालिकाका विभिन्न स्थानमा आँखाको निःशुल्क परीक्षण गरी औषधि वितरण गरिएको नेत्रज्योति सङ्घका सचिव विष्णु कार्कीले जानकारी दिनुभयो ।
उक्त परीक्षण शिविरमा १०० वढि जनामा मोतिया बिन्दुका बिरामी भेटिएको र उहाँहरूको मोतिया बिन्दुको शल्यक्रियाका लागि फिक्कल बोलाइएको समेत उहाँले जनाउनुभयो । शिविरमा विराटनगर आँखा अस्पतालका डा।हनी केसीलगायत ११ जनाको चिकित्सकको टोलीले सेवा पु¥याइरहेको छ । शिविरमा मोतिबिन्दुको शल्यक्रिया, विद्यार्थीलाई निःशुल्क चश्मा वितरण तथा औषधि विरण गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता