माईको कमलटारमा आगलागी, अठार लाखको क्षति

File photo
इलाम, २५ मंसिरः इलामको माई नगरपालिका ३ कमलटारमा आज राती आजलागी भएको छ ।  आगलागीबाट अन्दाजी १८ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
सोमवार राती १० बजे माई नगरपालिका ३ कमलटारका दिलबहादुर लावतीको काठ र टिनको छानो भएको ३ तले घरमा बिद्युत सर्ट भएर अचानक आगलागी भएको थियो । 
आगलागीबाट घर, घर भित्र रहेको खाद्यान्न, लत्ताकपडा लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागी भएको भन्ने खबर प्राप्त भएसँगै तत्काल प्रहरी चौकी दानाबारीबाट प्रहरी टोली  गई स्थानीयवासीको सहयोगमा राती आगालगी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता