रोङका प्रेमको भिरबाट खसेर मृत्यु

इलाम, २५ मंसिरः इलामको रोङ गाउँपालिका ६ सलकपुरको ५४ वर्षिय प्रेम तामाङको गए राती भिरबाट खसेर मृत्यु भएको छ ।
राङ ६ को धजे डाँडा देखी सलकपुर सम्म ३ किलो मिटर भिरको  गोरेटो बाटोमा हिड्ने क्रममा उनको लडेर मृत्यु भएको हो । सो बाटो स्थानीयले चाँडो लागि प्रयोग गर्ने गरेका छन् । 
सलकपुर खानेपानी योजनाको चैकीदार समेत रहेका तामाङकाे पानी बनाएर घर फर्कने क्रममा १०० मिटर तल खसेर मृत्यु भएको हो । 
अहिले पोष्टमाटमको लागी भद्रपुर लाने तयारी भएको हाम्रा सहकर्मीले जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता