दिनेश बस्नेत जसले ब्यक्तिगत खर्चमा चरिकोट सातदोबाटो सडकको खाल्डाखुल्डी पुरिदिए

चरिकोट,२५ मंसीर,  सबैको केन्द्रको रुपमा रहेको चरिकोट सातदोबाटोको सडक कुरुप बनेर खाल्डाखुल्डी हुँदा सम्म कुनै निकाएको ध्यान गएन ।
एक जना यस्ता ब्यक्ति निस्किए जसले चरिकोटको मुटु सातदोबाटोको खाल्डाखुल्डी आफ्नो निजि खर्चमा पुरीदिए । सबैको आँखा खाल्डा तिर गएपनि कसैले खाण्डा पुर्ने चासो नदिएपछि उनले खाल्डाखुल्डी पुरिदिए । खाल्डाखुल्डी पुरिदिने चरिकोटको स्थानियबासी तथा ब्यापारी दिनेश बस्नेत हुन् ।
खाल्डाखुल्डी पुर्न ठुलो खर्च नलागेपनि कसैले चासो नदेखाएको त्यो काम बारे उनले चासो देखाउँदा चरिकोटको ब्यस्त सडकको स्वरुप फेरिएको छ । यहाँको सडकमा हुने दुर्घटना पनि टरेको छ । बस्नेत उद्योग बाणिज्य संघ दोलखाका उपाध्यक्ष हुन् । सडकको खाल्डा पुरिदिएपछि बस्नेतको स्थानियहरुले तारिफ गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता