श्रीअन्तुमा सिआइटी कार्यक्रम शुरु

इलाम, १० पुसः बेलायतमा रहेको गोरखालीहरुको गुठी (संस्था) गोरखा पिस फ़ाउन्डेशनको सहयोगमा  इलामको श्रीअन्तुको एक बद्यालयमा कम्प्यूटर प्रबिधिमा आधारित पठनपाठन हुने आइसीटी कार्यक्रम शुरु भएको छ ।
गोरखा पिस फाउन्डेसनको एक हजार पाँचसय पावड नेपाली करिव २ लाख ३१ हजार रुपैयाको सहयोगमा सुर्योदय नगरपालीका ४ को श्रीअन्तुको राष्ट्रिय अधारधुत बिद्यालयमा इन्फरमेसन कम्युनिकेसन टेक्नोलोजी कार्यक्रम शुरु भएको हो ।
यो कायर्क्रम अन्तर्गत बिद्यालका शिक्षण शिकाइ क्रियाकलावहरु अव कम्प्यूटर पद्धतिवाट हुनेछ ।
गोर्खा पिस फाउन्डेसनबाट प्राप्त सहयोगबाट बिद्यालयले ३२ इन्चका दुइथान एलइडी टेलिभिजन चारथान कम्प्यूटर प्रिन्टर तथा अन्य बिधुतिय उपकरणहरु खरिद गरेको शिक्षक सन्तोस आचार्यले बताउनु भयो । इन्फरमेसन कम्युनिकेशन टेक्नोलोजी कार्यक्रमको उदघाटन गर्नुहुदै सुर्योदय नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधी भट्टराईले सो कार्यक्रमले बिद्यार्थीको शिकाईलाइ थप प्रभावकारी बनाउने विश्वास ब्यक्त गर्नुभयो । राष्ट्रिय अधारभुत बिद्यालयका प्रधान अध्यापक गोकर्ण रिजालको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा सुर्योदय नगरपालिका वडा नं ४ का वडा अध्यक्षमधुसुदन लामिछाने शिक्षक अभिभावक संघका गोविन्द गिरी बिद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष दिपकला लामिछाने सोहि स्थानको अंशुवर्मा आधारभुत बिद्यालयका प्रधानअध्यापक बलराम रिजाल लगायतले मन्तब्य राख्दै वालवालिकाको सरवाङ्गिण विकासमा यो कार्यक्रमले मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो। भने गोरखा पिस फाउन्डेसनका नेपाल उपाद्यक्ष गोपाल गिरिले बेलायतबाटै फेसबुक लाईभ मार्फत कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।
गोर्खा पिस फाउन्डेसन वेलायतले विभिन्न कार्यक्रम गरि प्राप्त रकम नेपालका बिभिन्न जिल्लाका विध्यालयहरुको स्तरउन्नति मा खर्च गर्नुका साथै नेपालका बिद्यालयहरुको वेलायतमा रहेको बिद्यालयहरुसंग मितेरी सम्बन्ध स्थापनाको काम गर्दै अएको छ ।
गत बर्ष सो संस्थाले श्रीअन्तुकै अंशुवर्मा आधारभुत बिद्यालयमा सिआइटी कार्यक्रम लागु गर्न आर्थिक सहयोग गरेको थियो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता