वीर अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बिरामी मारमा

काठमाडौं । रामेछापका ३५ वर्षीय लोकेन्द्र थामी घाँस काट्न जाँदा  रुखबाट लडेर टाउकोमा चोट लाग्यो । उनीे रामेछापको मन्थली अस्पताल गए । सिटी स्क्यान गर्नुपर्छ तर यहाँ सिटी स्क्यान मेसिन छैन भन्दैे उनलाई बीर अस्पताल रिफर गरियो । उनी सोमबार बीर  अस्पताल आइपुगे । तर अस्पतालमा सिटीस्क्यान मेसिन विग्रेको भन्दै निजी  अस्पतालमा जान एक चिकित्सकले सुझाव दिए । उनी  भन्छन्, “बीर अस्पतालका चिकित्सकहरु मेसिन विग्रेको भन्छन् , निजीमा जान पैसा छैन ।”
दोलखाकी ४५ वर्षीया ललिता थामीलाई  टाउको दुख्ने र बान्ता हुने समस्या देखाप¥यो । उनी तुरुन्तै दोलखा अस्पताल गइन् । उनलाई अस्पतालका चिकित्सकले दुखाई कम गर्ने र वान्ता रोकिने ५ दिनको औषधी दिए । ५ दिन लगातार औषधी खाइन । वान्ता रोकियो तर टाउको दुख्ने समस्या निको भएन । उनी पुनः अस्पताल गइन् । अस्पतालले उनलाई गएको आइतबार बीर अस्पताल रिफर गरिदियो । 
ललिता सोमबार विहान करिब १०ः३० बजे बीर अस्पताल पुगिन् । अस्पतालको टिकट काउन्टरमा रहेका एक कर्माचारीले सिटी स्क्यान मेसिन विग्रेकोले टिचिङ् अस्पताल जान भने । ललिता टिचिङ अस्पताल गइन् । अस्पतालमा करिब एक सातापछि मात्र पालो आउने बताइयो । उनी भन्छिन्, “जिल्लाबाट बीर अस्पताल रिफर गरिदिया,े बीरमा मेसिन विगे्रेको भनेर टिचिङ पठाए । तर, टिचिङ अस्पतालमा एक सातापछि मात्र पालो आउने रहेछ ।” 
लोकेन्द्र र ललिता जस्ता जिल्लाबाट रिफर भएर आएका दैनिक ६० देखि ७० जना विरामीहरु सिटी स्क्यानका लागि बीर अस्पताल आउने गरेको सो असपतालको रेडियोलोजी विभागले जनाएको छ । अस्पतालले  एक सातादेखि १६ स्लाइसको सिटी स्क्यान मेशिनको ट्युव विग्रिदा उपचारमा लागि आएका विरामी महंगोमा निजीमा  जान बाध्य छन् ।
त्यसैगरी, राष्ट्रिय ट्रमा सेन्टरमा रहेको सिटी स्क्यान मेसिन दुई सातादेखि विग्रेर थन्किएको छ । ट्रमा सेन्टरमा सिटी स्क्यान गनुपर्ने विरामी बीरमा नै उपचारका लागि आउँदा बढि चाप भएर विग्रेको अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा बताउँछन् । “विरामीको चाप बढि भएका कारण  लामो समयसम्म चलाउँदा मेसिन तातेर विग्रेको हो ।” उनले भने “अस्पतालको पुरानो मेसिन विग्रिएको र नयाँ मेसिन पनि सञ्चालनमा आउन सकेको छैन । ”
त्यस्तै, नयाँ १ सय २८ स्लाईसको सिटी स्क्यान मेसिन अस्पतालले भारतको हस्पिटेक ईन्टरप्राईजेज प्रालिबाट ७ महिनाअघि रु ८ करोड ४८ लाख रुपैँयामा खरिद गरेर ल्याएको थियो । सो मेसिन अस्पतालले विद्युत भोल्टेज र ठाउँ अभाव भएको भन्दै सञ्चालनमा ल्याएको छैन ।  सिटी स्क्यान गर्न बीर अस्पतालमा ४ हजार रुपियाँ पर्छ भने निजी अस्पतालमा १० हजार रुपियाँ सम्म लिने गरेका छन् । नयाँ सिटी स्क्यान मेसिन अबको एक सातामा सञ्चालनमा आउने अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेत बताउँछन् । “४ वर्षदेखि सञ्चालनमा आएको १६ स्लाईसको सिटी स्क्यान मेसिन एक सातादेखि विग्रेर थन्किएको छ ।” उनले भने, “७ महिनाअघि ल्याएको नयाँ १ सय २८ स्लाईसको अर्को सिटी स्क्यान मेसिन जुन कम्पनीबाट ल्याएको हो सोही  कम्पनीका प्राविधकले जडान गनुपर्ने रहेछ । उनीहरु केही दिनअघि आएर जडान गर्दैछन् । अबको एक सातासम्ममा जडान गरेर सञ्चालनमा आउनेछ ।” अहिले तत्कालका लागि पुरानो मेसिनमा प्रयोग हुँदै आएको विद्युत नयाँ मेसिनमा जडान गरेर सञ्चालनमा ल्याइने निर्देशक डा. बस्नेतको भनाई छ ।
सिटी स्क्यान सञ्चालनमा आउने बित्तिकै अन्य निजी अस्पतालबाट कमिसन नआउने भएपछि तत्कालै जडान नगरिएको अस्पताल स्रोत बताउँछ । अस्पतालको अर्थोपेडिक ओपीडीलाई ट्रमा सेन्टरमा सारेर सो स्थानमा  नयाँ सिटी स्क्यान मेसिन राख्ने स्थान एक महिना अघि वनाइएको थियो ।  नयाँ सिटी स्क्यान मेसिन खरिदका लागि २०६७ साल चैत महिनामा टेन्डर आव्हान गरिएको थियो । टेन्डर आव्हान गरिएको ८ वर्षपछि मात्र मेसिन हस्पिटेक ईन्टप्राईजेज प्रा.लिले बीर अस्पतालमा पठाएको थियो । बाह्रखरीबाट 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता