इलामको सलकपुरमा सुन्तला खरिदका लागि भारतीय पर्यटकको ओइरो

सलकपुर,   इलामको रोङ ६ को सलकपुरमा भारतीय पर्यटकहरु सुन्तला खदिका लागि आउने क्रम शुरु भएको छ । इलामको प्रख्यात सुन्तला पकेट क्षेत्र रहेको सलकपुरमा भारतीय पर्यटकहरु  खरिदका लागि आउने गरेका हुन् । भारतको पश्चिम बंगालस्थित कलकत्तामा सलकपुर सुन्तला पर्यटक केन्द्रले प्रचारप्रसार तिब्र बनाएपछि भारतीय पर्यटकहरु  आउने क्रम बढेको हो ।   सलकपुरमा गत आइतबार करिव सात हजार भारतियहरुले पर्यटकले भ्रमण गरेका छन् ।
कृषि ब्यवसायबाट निक्कै चर्चा कमाएको सलकपुरमा भारतको लोहागढ, खरबनि दार्जिलिङ्ग र कलकत्तासम्मबाट सयौँ पर्यटक आउने गरेका हुन् । हिउँदका समयमा नेपाल भारत सीमा छुट्याउने मेची नदीमा पानिको सतह घट्ने र सवारी साधनहरु समेत आउन सक्ने भएपछि भारतीय पर्यटकको भिड लागेको हो । भारतमा पर्यटकीयस्थल भ्रमणका लागि सरकारले बिदा दिने भएकाले सुन्तलाको बगान र इलामको प्राकृतिक सुन्दरता हेर्न आएको कलकत्ताकी पर्यटक रुपा लहरी बताइन। दैनिक कति पर्यटक आउने गरेको छन् भन्ने तथ्याङ्क राख्ने काम नभएपनि दैनिक ३ सय देखि आइतबारको दिन ७ हजारसम्म पर्यटक आउने गरेको अनुमान गरिएको रोङ गाउँपालिकाका अध्यक्ष समसेर राईले बताए ।
भारतमा सलकपुरको सुन्तला भनेपछि अधिक बिक्रि हने भएकाले पनि भारतीय पर्यटक सलकपुर आउने गरेको अध्यक्ष राईले बताए। सुन्तलाको बगान हेर्न, बगानमै सुन्तला चाख्न, बगानमा फोटो खिचेर रमाउन भारतीय पर्यटक सलकपुर आउने गरेका छन् । भारतिय पर्यटकहरु आएर दिनभर सलकपुर घुम्ने र फर्कदा , सुन्तला , कुच्चोको मुठ्ठा, तरकारी किनेर फर्कने गरेका छन् । बिगत केही बर्षदेखी, मंसिर पुष र माघ महिनासम्म हरेक आइतबार मेला नै लाग्ने गरि भारतीय पर्यटक आउने गरेका हुन् । लोकल सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता