इलाम बजार परिक्रमा गरेर शुरु भयो मेची क्षेत्र पर्यटन महोत्सव

इलाम, प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रर्वधन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा पुस ५ देखि १६ गतेसम्म आयोजना गर्न लागिएको ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’को ¥यालीले बजार परिक्रमा गरेर शुरु भएको छ । 
इलामको ठूलो टुँडिखेलबाट शुरु भएको विभिन्न झाँकीहरु सहितको ¥यालीले बजार परिक्रमा गरेको छ । बजार परिक्रमा पछि ¥याली फेरी टुँडिखेलमा गएर उद्घाटन कार्यक्रमा सहभागीहुने आयोजक संस्थाका महासचिव देवी पौडेलले माइपोखरी न्युजलाई जानकारी गराए । 
मेची क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि लागईने महोत्सवमा विभिन्न जातजातिका परिकार, देखि लिएर इलामका पर्यटकिय स्थलहरुको अवलोकन समेत गर्न पइने छ ।  महोत्सवको प्रवद्र्धकका रूपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता