यस्ताे देखियाे मेची क्षेत्र पर्यटन महोत्सव (फोटो फिचर)

इलाम, ५ पुसः  प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रर्वधन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आजबाट देखि पुस १६ लाग्ने ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ शुरु भएको छ । 
इलामको टुँडिखेलबाट शुरु भएको ¥यालीले बजार परिक्रमा गरेर टुँडिखेल पुगेर उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रम सञ्चालनको तालमेल नमिले जस्तो देखिने कार्यक्रममा उपस्थित अतिथिहरुको मर्यदाक्रमा ध्यान नदिंदा कार्यक्रम भद्रगोल देखिएको थियो । प्रचार गरे जस्तो पहिचान खुल्ले स्टलहरु खासै देखिएन । आयोजकले पर्यटन महोत्सवलाई भन्दा पनि रमाइलो मेलालाई ध्यान दिएको जस्तो देखिन्छ । 
मेची क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि लागईने महोत्सवमा विभिन्न जातजातिका परिकार, देखि लिएर इलामका पर्यटकिय स्थलहरुको अवलोकन समेत गर्न पइने छ ।  महोत्सवको प्रवद्र्धकका रूपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति रहेका छन् ।






प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता