मेची क्षेत्र पर्यटन महोत्सव : महोत्सव कम, रमाइलो मेला ज्यादा, व्यवस्थापनामा कम्जोरी, उद्घाटन भद्रगोल

  • विनय तिम्सीना 

इलाम, प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रर्वधन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आजबाट देखि पुस १६ लाग्ने ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ को शुरुवात देखिनै अनेकौँ अवरोधहरु देखिन थालेको महोत्सव उद्घाटन कार्यक्रम भद्रगोल देखियो । 
महोत्सवको आर्कषण भनिएको जातिय पहिचान, साँस्कृतिक पहिचान, पर्यटकिय स्थलहरुको स्टलहरु देख्न पाइएन । उद्घाटन कार्यक्रम त झन भद्रगोल नै देखियो । कार्यक्रममा क–कस्लाई आसन ग्रहण गराउने भन्ने कुराको पहिला नै तालिका नवनाउँदा उद्घोषकले मर्यदाक्रमको ख्यालै नगरी आसन ग्रहण गराएको  देखि लिएर अतिथिको नाम उच्चारणमा समेत समस्या देखियो अनि ठाउँका नाममा कार्यालयको नाममा समेत ज्यूले सम्वोधन गर्दा दर्शकहरु गल्लल हाँसेको आवज आउँथ्यो । सामाजिक सञ्जालमा समेत इलाममा उद्घोषण तालिम आयोजना गर्नुपर्ने भएछ जस्ता कुराहरुले मसला भएको छ यतिवेला । इलामको महत्वह र पहिचान वोकेका केही स्टलहरु देखिए ता पनि झापा, पाँचथर र ताप्लेजुङ्गका पहिचान हुने कुनै कुरा देखिएन । 
कार्यक्रममा अतिथिहरुको मन्तव्यमा त झन मर्यदाक्रमको ख्यालै गरिएन कसलाई कतिवेला भन्ने कुराको त आयोजकलाई थाहा नै नभएको देखियो । दिनभरी व्यापार कुरेर वसेका व्यापारी जस्ता देखिने स्टलहरु हावी देखिए कला, सँस्कृतिको प्रचार प्रसार त पटक्कै देखिएन । 
महोत्सवको साँझमा घन्कीने पप गित र ¥यापले त महोत्सवको त पहिचन नै हराएको देखिन्थ्यो । पर्यटन प्रवर्धनको लागि लागेको मेलामा रमाइलो मेला हावी भएको स्पस्ट देखिन्छ । 
इलामको कला सँस्कृति हेर्न आउने पर्यटकहरुको लागि खासै महोत्सव उपयोगी देखिएन । स्थानीयलाई रमाइलो गर्नको लागि भने प्रसस्तै साधनहरु देखिए यसरी हेर्न हो भने इलाममा लागि रहेको महोत्सव मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५ भन्दा पनि घुम्ती रमाइलो मेला जस्तो लागेको छ । 
यस्ले आयोजकलाई त फाइदा होला साँझ परेपछि लर्को लागेर जाने स्थानीय रमाइलो गर्न त पाए तर महोत्सवको महत्व र उद्देश्यमा यस्ले धेरै फरक पार्ने निश्चित छ । व्यापारीक प्रयोजनका लागि इलामको ठूलो टुँडिखेल प्रयोग गर्न पाइने हुँदा साँझमा लाग्ने रमाइलो मेलाले यस्को धज्जी उडाएको जस्तो पनि देखिन्छ ।
आयोजकले समयमै यस्ता कुरामा ध्यान दिएर सुधार नगरे १२ दिन सम्म इलाममा महोत्सव हैन रमाइलो मेला सञ्चालन हुने छ । अझ शुक्रबारबाट लिने भनिएको प्रवेश शुल्कले महोत्सव हेर्ने भन्दा पनि रमाइलो मेला भर्ने मानिसहरु धेरै हुने निस्चित छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता