इभाङ्गमा प्रहरीको अस्थाई चौकी स्थापना

इलाम । इलामको माङ्सेबुङ्ग गाउँपालिका वडा नम्बर २ को इभाङ्गमा प्रहरीको अस्थाई चौकी स्थापना भएको छ । जिल्लाको पश्चिमि क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ गर्ने उदेश्यले जिल्ला सुरक्षा समितिको सिफारिसमा प्रहरी चौकी स्थापना भएको हो ।
स्थानीय सरकार गठन भएपछि गाउँपालिकाको केन्द्र रहेको स्थानमा अनिवार्य बाणिज्य बैंकको शाखा खोल्नुपर्ने निर्णय भएको र त्यसको सुरक्षाका लागि गृह मन्त्रालयले प्रहरी चौकी स्थापना गर्ने निर्णय बमोजिम अस्थाई प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख एसपि माघमप्रसाद श्रेष्ठले बताउनुभयो । अस्थाई प्रहरी चौकीको माङ्सेबुङ्ग गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो र जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपि माधवप्रसाद श्रेष्ठ र सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर इलाम नम्बर एक गणका प्रमुख एसपि बिदुर खड्काले संयुक्त रुपमा प्रहरी चौकीको भवन निरिक्षण गर्नुभएको थियो ।
प्रहरी चौकीको स्थापनाका लागि माङ्सेबुङ्ग गाउँपालिकाले भौतिक रुपमा सहयोग गरेको र चौकीमा असईको नेतृत्वमा ५ जनाको प्रहरीको टोली रहेको छ । लोकल सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता