मलेसियामा बेपत्ता इलाम सुलुवुङका शिवाकोटीको मृत्यु

इलाम, २४ मंसिरः  वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ ।
तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका यहाँस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मङ्सिर १६ गते मृत्यु भएको परिवारले जनाएको छ । उनका छिमेकी नेत्र रिजालका अनुसार शिवाकोटीको मृत्यु के कारणले भयो भन्ने बारेमा भने खुलेको छैन ।
शिवाकोटीको शवलाई आजै थाई एयरमार्फत नेपाल ल्याइने तयारी भइरहेको छ । पाँचथर स्थायी घर भएका शिवाकोटी केही वर्षअघि मात्र इलाम बसाइँ सरी आएका थिए । शिवाकोटीका श्रीमती र ६ जना छोरी रहेका छन् । न्युज२४ बाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता