इलाम प्याब्सनमा विकास कर्मचार्य सर्वसहमत

इलाम, २९ मंसिरः विकास कर्मचार्यको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गर्दै निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इलामको आठौँ अधिवेशन सम्पन्न भएको छ ।
कर्मचार्यको अध्यक्षतामा उपाध्यक्ष  रगुन गुरुङ, देवनारायण बराल र नुनुमा राई रहेका छन् ।
सचिवमा छविलाल लम्साल, कोषध्यक्षमा टेकेन्द्र वस्नेत, सह–सचिवमा मेघनाथ अधिकारी र  देउकुमार राई चयन भएका छन् । सह कोषाध्यक्षमा रञ्जीत श्रेष्ठ, सदस्यहरुमा चन्द्रप्रकाश लिम्वु, गोपाल राई, चुडामणी आचार्य, विष्णु गड्तौला, खेमराज ढकाल, लाकेल लामा, मणिकुमार तामाङ, कुश वहादुर थेवे चयान भएका छन् ।
त्यस्तै महाअधिवेशन प्रतिनिधिमा युवराज रिजाल, राजेन माइकल गुरुङ, ओमनाथ प्रधान, मणिकुमार राई, निङमा तामाङ, दलबहादुर राई र दानु राईलाई चयान गरेको हो । दुई दिन सम्म चलेको अधिवेशनको उद्घाटन सत्रमा विभिद् कार्यक्रम गर्दै आज पदाधिकारी चयान गरेर अधिवेशन समाप्त भएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता