सुर्योदयमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम

फिक्कल, २९ मंसिरः समुदाय(प्रहरी जिल्ला समिति इलामको आयोजनामा सुर्योदय नगरपालिकाको सभा हलमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना, सुर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राई,उप(प्रमुख दुर्गा देवी भट्टराई,प्रशासकिय अधिकृत,सुर्योदय नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्षहरु, पत्रकार, समुदाय(प्रहरी सुर्योदय नगरपालिका समितिका पदाधिकारीहरु बिचको उपस्थितिमा समुदाय(प्रहरी साझेदारी कार्यक्रमको बारे जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले प्रस्तुतिकरण गर्नु भएको थियो । आगामी दिनहरुमा गरीने कायक्रमको बारेमा सुझाव संकलन एवम अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता