लगानी सम्मेलन पुस २० मा, चियाबगानमा रंगशालाबनाउन प्रस्ताव

इलाम, २९ मंसिरः इलाम नगरपालिका नगरकार्यपालिकाको मिति २०७५ मंसीर २७ गते इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
इलाम नगरपालिकाले यस अघि स्थगन भएको लगानी प्रवद्र्धन सम्मेलन आगामी २०७५ पौष २० आयोजना गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लगानी सम्मेलन हुने भएको छ । लगानी प्रवद्र्धन सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलाम नगरपालिका र नागरिकहरुको तर्पmबाट वहाँले राष्ट्रका लागि पु¥याउनु भएको योगदानको उच्च कदर र सम्मान गर्दै नागरिक अभिनन्दन गर्ने निर्णय भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रम इलामको ठूलो टुँडिखेलमा हुनेछ भने छलफल कार्यक्रम गौतम बुद्ध सभाहलमा गर्ने भएको छ । 
यसैगरी इलाम नगरपालिका क्षेत्रभित्र रहेका संघसंस्थाहरुको अभिलेख व्यवस्थापनका लागि संस्थाको अभिलेख व्यवस्थापन गर्ने ऐन, २०७५ को मस्यौदामा छलफल हुँदा सो ऐन आगामी नगर सभामा लैजाने निर्णय भएको छ । यस्तै इलाम नगरपालिकाको फोहोरमैला ब्यवस्थापन गर्नका लागि नगरपालिकाले उपयुक्त जग्गा खोजी गरी फोहोरमैला व्यवस्थापनका लागि बैकल्पिक फोहोरमैला संकलन तथा व्यवस्थापन केन्द्र बनाउने निर्णय भएको छ । 
इलाम सदरमुकाममा रहेको ठूलो टुँडिखेल नेपाली सेनाको नाममा रहेको र बढ्दो सहरीकरण तथा समयको माग अनुकूल सो टुँडिखेल अपर्याप्त तथा साँगुरो समेत हुँदै गएकोले समयको माग अनुरुप वैकल्पिक रङ्गशालाको व्यवस्थापन गर्नुपर्ने अवस्था  आइसकेको हुँदा इलाम नगरपालिका वार्ड नं. ७ अन्तर्गत सेतीदेवी जाने बाटोदेखि पश्चिम, गोरेटोबाटो उत्तर र नगरपालिका कार्यालय भवन मास्तिरको चौतारादेखि पूर्वक्षेत्र भित्रकोे नेपाल सरकारको नाममा रहेको इलाम चिया बगान रहेको जग्गामा व्यवस्थित रङ्गशाला बनाउनका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरेको छ । 
इलाम नगरपालिका, शिक्षा नियमावली, २०७४ अनुरुप शिक्षामा गुणस्तर अभिबृद्धि प्रयोजनार्थ समायोजनको कार्य गर्नका लागि एक महिना भित्रमा अध्ययन प्रतिवेदन तयार गर्नका लागि सामाजिक विकास समिति संयोजक सीता रिजालको संयोजकत्वमा वडाध्यक्ष रोमबहादुर लुङ्गेली, कार्यपालिका सदस्य श्यामकमल मुखिया, नगर शिक्षा समितिका सदस्य इन्द्र मुखिया र शिक्षा अधिकृत डम्बरबहादुर सुवेदी रहेको एक समिति गठन गर्ने निर्णय भएको छ । यसैगरी इलाम नगरपालिकाको चौथो नगर सभा आगामी २०७५ पौष ११ गतेदेखि शुरु गर्ने समेत निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता