इलामको मिलगोलाईमा दुर्घटना, दुईजना घाइते


इलाम, १४ माघः मेचीराजमार्गको इलाम पाँचथर खण्ड अन्तर्गत इलाम नगरपालिका १ को मिल गोलाईमा ट्याङ्कर दुर्घटना हुँदा दुइजाना घाइते भएका छन् ।
पाँचथरबाट झापातर्फ आउदै गरेको मे १ ख १६९३ नम्बरको पेट्रोल बोक्ने खालि ट्याङकरको ब्रेक फेल भई सडकदेखि तल खसि दुर्घटना हुदा चालक इलाम नगरपालिका ४ बस्ने बर्ष २५ को खग्रेन्द्र रायको अनुहारमा चोट लागेको छ भने अवस्था सामान्य रहेको छ । त्यस्तै सहचालक जिल्ला इलाम नगरपालिका ९ बस्ने बर्ष २५ को रमेश दुलाल सामान्य धाईते भइका छन् भने , दुबै घाईतेहरुको इलाम अस्पताल इलाममा उपचार भई रहेको छ । गाडी घट्नाई स्थलमानै रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता