आइमार्स झापामा लन्च

बिर्तामोड, १४ माघः चीनमा सफल मानिएको आइमार्स मोबाइलको एक कार्यक्रमका बीच नेपालमा लन्चिङ गरिएको छ । आइमार्सको मेची अञ्चलको आधिकारिक बिक्रेता फिल नेपाल मल्टिट्रेड कन्सर्न प्रालिले आइतबार बिर्तामोड अन्तर्र्रािष्ट्रय व्यापार महोत्सवमा मोबाइल लन्च गरेको हो । प्रालिका सञ्चालक खगेन्द्र नेपालका अनुसार मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता ओपल मल्टिनेसनल प्रालिले केही दिनपछि औपचारिक रुपमा मोबाइलको लन्च गर्नेछ ।
आइतबार भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले केक काटेर आइमार्स मोबाइलको बिक्री सुरु भएको जनाएका थिए । कार्यक्रममा ओपल मल्टिनेसनलका कम्पनी सेल्स हेड नविन पण्डित, फिल नेपाल मल्टिट्रेड कन्सर्नका अर्का सञ्चालक हिमालय प्रसाईं, शिखर साकोसका अध्यक्ष प्रदिप राउत, व्यवसायी सजेश राउतलगायतको उपस्थिति रहेको थियो ।
नेपालमा आइमार्स कम्पनीको मोबाइल, टिभी, ल्यापटम दसैँअगाडि लन्च हुने बताइएको छ । मोबाइलको सद्भावना राजदुतमा नायक अनमोल केसी छन् । आइमार्सका सेटमा १२० दिनको रिप्लेस्मेन्ट र २ वर्षको वारेन्टी रहेको छ । आइमार्सका सेटमा २२ सयदेखि ४५ सय एमएच क्षमताका ब्याट्री छन् । यसका पाट्र्स नेपालका ग्राहक सेवा केन्द्रमा उपलब्ध हुने नेपालले जानकारी दिए । कम्पनीले ९ हजार ९९९ रुपैयाँदेखि २५ हजार ९९९ रुपैयाँका सेट उपलब्ध गराएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता