नेपथ्यसँग रमाए दर्शक, डा. केसीको मागमा एकजुट हुन आव्हन

‘अहिलेसम्म डा. केसिसँग गरेका सम्झौता लागु नगर्या किन ? तपाईलाई डाक्टर केसि प्रति शंका छ ?’ लोकपिय नेपथ्य व्याण्डका अमृत गुरुङले बुधवार साझ दर्शकलाई यो प्रश्न गर्दा चर्को आवाजमा उत्तर आयो । अनि गुरुङले थपे ‘फिदिमको मञ्चबाट तपाई हामि सबैले अनुरोध गरौँ कि उहाँसँग भएका सम्पूर्ण कुरा बुदा बुदामा भएका सम्झौतालाई कार्यान्वयन गरी असल सरकारको चर्चित देखादिनुस ।’ दर्शक दिर्घाबाट निक्कै चर्को आवजमा उनको कुराले साथ पायो ।
उनले थप प्रश्न गरे डा केसि प्रति तपाईको समर्थन छ ? उत्तर आयो छ । अमृतले थपे ‘हाम्रो पनि समर्थन छ ।’ इलाममा सत्याग्रहमा रहेका केसिलाई भेटेर आएका अमृत सुदुरपूर्वको पहाडबाट केसिसँग भएका सम्झौता कार्यान्वयका लागि सरकारसँग अनुरोध गरे ।
फिदिम माविको खेलमैदानमा साझ ६ बजेदेखि नेपथ्यको लाईभ कन्सर्ट सुरु भएको थियो । खेलमैदान र प्याराफिटमा दर्शकहरु खचाखच भरीएका थिए । दर्शकहरु लोकरक शैलिका गीतमा उत्साहित हुँदै रमाएका देखिन्थे । लामो अपेक्षा पछि नेपथ्यलाई पाएका दर्शकहरुको उर्जा मैदानको नृत्यले झल्काउदै थियो । यहि बेला केसिको मागमा समर्थन गर्न अमृतले भने । दर्शकहरुले उसरीनै साथ दिए ।
फिदिममा कन्सर्ट गर्ने योजना बनेको १४ बर्ष पछि फिदिममा नेपथ्यको कन्सर्ट भएको हो । स्थानिय फाल्गुनन्द युवा क्लबको अगुवाईमा भएको कन्सर्टमा उलेख्य दर्शकहरुको सहभागिता रहेको थियो । पाँचथर, ताप्लेजुङ, तेह्थुम, इलाम, झापासम्मका दर्शकको सहभागिता रहेको थियो ।
दिउँसो देखिनै दर्शक फिदिम माविको खेलमैदानमा थिए । अमृतको टोलिले २० वटा गीत गायो । दर्शकहरु अझै अझै भन्दै थिए तर निर्धारीत समय सकिएको थियो । नाँच्नेहरुको भिडले धुलो उडाएको थियो भने दर्शकहरुको सहभागिता निक्कै लोभलाग्दो थियो । शिरफुल शिरैमा, चरीमर्यो शिशैको गोलिले, सिरानमा फोटो, छेक्यो छेक्यो देउराली डाँडा, जोगले हुन्छ भेट, कोशिको पानी लगायतका गीत गाएका थिए । काठमाण्डौँ लगायतका सुविधासम्पन्न सहरझै प्रविधिको प्रयोगगरी कन्सर्ट गरीएको थियो । अमृलाई ड्रममा धुब्र लामा, किर्वोडमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गिटारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझिले साथ दिएका थिए । नेपथ्यको लाईभ कन्सर्टकालागि गाँउ गाँउबाट र विभिन्न जिल्लाबाट दर्शकहरु आएका थिए । कार्यक्रम भव्यताकासाथ सफल भएको स्थानिय व्यवस्थाप सुम्हात्लुङ  युथ क्बलका अध्यक्ष दिपेन योक्पानदेनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता