डा. केसीको अवस्था नाजुक, काठमाण्डौलाने तयारी हुँदै

इलाम, ३ माघः ९ दिन देखी सत्यग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन नजुक बनेको छ । अहिले डा. गोविन्द केसीलाई काठमाण्डौँ लाने तयारी गरिरहेको उनका सहयोगी डा. अभिषेक राज सिंहले वताए । डा. केसीलाई सडगमार्गबाट भद्रपुर सम्म लगेर त्यहाँबाट हावाई मार्ग मार्फत काठमाण्डौ लैजाने तयारी गरिरहेको पनि उनले वताए । पुर्व प्रधान न्यायाधीश सुशीला कार्की ,केदार भक्त माथेमा सहितको टोली इलाम आईपुगे पछि  डा केसीको अवस्था नाजुक भएकाले डा. केसीलाई  भेट्न निकै समय कुर्नु परेको थियो । अहिले पनि डा. केसी भने काठमाण्डौ जान मानिरहनु भएको भने छैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता