भरत बने तेस्रो पटक बेस्ट फरवाड

इलाम, २५ पुसः राष्ट्रिय लिग मंगलबारबाट सकिएको छ । लिगको उपाधी मनाङले जीतेको छ । राट्रिय लिगमा वेष्ट फरवाडको उपाधी भने आर्मी क्लवका कप्तान भरत खवसले जीतेका छन् । उनले यो वेस्ट फरवाडको उपाधी लिग खेलामा तेस्रो पटक हात पारेका हुन । 
भरतको लिगयत्रामा सन् २००८ मा संकटा क्लब सँग आवद्ध भएर एक सिजन सहिद स्मारक लिग खेले । फेरी उनी अर्को सिजन फ्रेन्डस क्लबबाट लिग खेले त्यो समय फ्रेन्डस क्लब ए डिभिजनको क्लव थियो । एक सिजन फ्रेन्डसबाट खेले पछि भरत नेपाल पुलिस क्लवको नजरमा परे उनिलाई पुलिसले आबद्ध गरायो । २०६७ सालको सहिद स्मारक लिगमा उनी आवद्ध नेपाल पुलिस पहिलो भएको थियो भने लिगमा भरतले १६ गोल गरेका थिए । त्यही सिजन राष्ट्रिय लिगमा पनि नेपाल पुलिस पहिलो नै भएको थियो त्यसमा भरतले ४ गोल गरेका थिए । २०६७ को राष्ट्रिय लिगमा भरतले बेष्ट फरर्वाड बन्दै बाईक पाएका थिए । उनी २०६९ सालमा तेस्रो सहिद स्मारक लिगमा १४ गोल गर्दै बेस्ट फरवाड बनेका थिए । र अहिले २०७५ सालको लिगमा पनि वेष्ट फरवाड भएका हुन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता