पर्यकको पहिलो रोजाई बन्दै इलामको अन्तु

इलामः  इलाम । पूर्वी नेपालको इलाममा रहेको प्रमुख पर्यटकीय गन्तव्य श्री अन्तुमा केही वर्ष यता पर्यटकको चाप वढेको छ । विहान सवेरै उदाउँदो घाम हेर्ने देखि बेलुका अस्ताउँदो घाम हेर्नेको भीडले पाइला राख्ने ठाउँ हुदैन । त्यसै पनि श्रीअन्तुको शीतल वातावरण । गर्मी क्षेत्रबाट समेत शीतल ताप्ने धेरैको गन्तव्य स्थल बन्छ श्रीअन्तु । यति मात्रै होइन छेउमै रहको  अन्तु पोखरीमा डुङ्गामा सयर गर्ने र चियाबारीमा फोटो खिच्नेको थलो हो , श्रीअन्तु । हरियाली वातावरण, चिसो मैसम अनि झुल्के घामले गर्दा यहाँ पुग्ने जो कोही पर्यटक लोभिने गरेका छन् ।
विहानीको झुल्के घामको अवलोकन गर्न आउने देखि प्रकृतिको सुन्र्दता नियालन आउनेहरुको पहिलो रोजाई बन्दै गएकोछ इलामको अन्तु । 
अन्तुमा दैनिक पाँच सय देखि छ सयको हाराहारीमा पर्यटक भित्रिने गरेको र खान वस्नको राम्रो  प्रवन्ध रहेको स्थानीय रुद्र घिमिरे बताउँछन् ।
यस क्षेत्रमा देश तथा विदेशबाट झुल्के घाम हेर्न दैनिक पाँच सय देखी छ सय पर्यटक भित्रने गरेका छन् । शनिबार तथा विदाको दिन यहाँ पर्यटकको चाप केही मात्रामा बढी हुने गरेको छ । यहाँ पुग्ने पर्यटक झुल्के घाम हेर्न मात्र नभई ‘बोटिङ’ मा पनि उत्तिकै आनन्द लिइरहेका हुन्छन् । यहाँको अर्को प्रमुख आकर्षण होमस्टे पनि हो । 
इलाम घुम्नको लागि विरगञ्जबार आएका पर्यटक शुसिल सराओगी भन्छन् इलामका सवै ठाउँ घुमे तर मलाई भने अन्तु असाधै मन प¥यो । यहाँको हरियाली वातावरण शान्त र मनोरम दृष्यले आफ्नो मन लोभियाएको उनी वताउँछन् ।
पर्यटकहरुले अन्तुमा पुगे पछि सुन्दर चियाबगानको अवलोकन, चिटिक्क परेका घरहरुमा फुलबारीको आन्द र विभिन्न जातजातिका फुलहरुको अवलोकन समेत गर्न पाउँदछन् । पर्यटकीय क्षेत्रको प्रवद्धन गर्न वर्षेनी अन्तु महोत्सव लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता