डा.गोविन्द केसी केहिबेरमा १६ औ अनसन इलाममा शुरु गर्दै

इलाम, २५ पुसः इलाम संसद सचिवालयले डा. गोविन्द केसी संग बिगतमा भएका सहमति बिपरित चिकित्शा शिक्षा बिद्येयक पारित गरेपछि डा. केसीले इलाममा १६ औ अनसनको तयारी थालेका छन ।
डा. केसी ले हिजो मात्र सरकारलाई आज ४ बजे सम्मको समय दिएका थिए ।स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनसन बस्दै आएका डा.केसीले केहिबेरमा इलाममा अनसन बस्ने तयारी गरेका हुन ।अनसनका लागि अन्तिम तयारी भैरहेको बुझिएको छ ।
गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । उक्त विधेयक लामो समय सम्म पनि संसोधन नभएपछि १६औं पटक अनसन बस्र्ने तयारी भएको हो ।
कारसँग भएको पछिल्लो सम्झौतामा पूर्वमा पाँचथर र इलाम जिल्ला मध्ये एक जिल्लामा र सुदूरपश्चिममा डडेलधुरा र डोटिमा एक जिल्लामा र मध्य नेपालको उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापनाका लागी भएको सम्झौता कार्यान्वयनको माग राखेका थिए । सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न पनि केसीले माग गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता