देउमाइमा तेस्रो जितपुर गोल्डकप शुरु,उदघाटन खेलमा नेपाल मगर संघ बिजयी


  • बिमल अधिकारी 

 देउमाइ, २५ पौष: देउमाइ नगरपालिका इलामको जितपुरमा पुरुष खुल्ला नकाउट तेस्रो जितपुर गोल्डकपको आज बाट शुरु भएको छ। मिर्मिरे स्पोर्टिङ देनपा आठ र नेपाल मगर संघ इभाङ्ग बिचको आजको उदघाटन खेलमा मिर्मिरे लाइ ० का बिरुद्द १ गोल गर्दै  नेपाल मगर संघ इभाङ्ग बिजेता बनेको छ।
दोश्रो हाफको २६ औ मिनेट्मा नेपाल मगर संघका जर्सी न ६ का प्रसन लिम्बुले गरेको पहिलो गोल नै निणायक बनेको थियो।
जितपुर सामुदायिक बिकास केन्द्रको आयोजनामा भएको खेल बाट प्रथम हुने टिमले नगद रु एकलाख एघार हजार एकसय एघार, ट्रफि ,मेडल र प्रमाणपत्र त्यस्तै दोस्रो हुने टिमले नगद रु छैसठ्ठी हजार छ सय छैसठ्ठी , ट्रफि ,मेडल र प्रमाणपत्र पाउने छन। साथै उत्कृष्ट गोलरक्षक ,उत्कृष्ट खेलाडी, सर्बाधिक गोल कर्ता लाइ समेत ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ। यसै बीच खेलमा प्रथम पुरस्कारको प्रायोजन बुलेट चाउचाउले गरेको छ भने, म्यान अफ द सिरिज लाइ १० तोला बराबरको चादिको फुटबल गुड्लाइफ बिस्कुटले प्रायोजन गरेको आयोजक समितीका अध्यक्ष गोपाल पौडेलले बताउनुभयो। 
 सामुदायिक बिकास केन्द्र जितपुरका अध्यक्ष गोपाल पौडेलको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा देनपा नौ का वडा अध्यक्ष प्रेमसागर बरालको प्रमुख आतिथ्यता साथै बुलेट चाउचाउक बजार ब्यबस्थापक राजु मित्तलको बिशेश आतिथ्यतामा रहेको थियो। कार्यक्रममा बोल्दै बक्ता हरुले यो बर्ष जितपुरले फुटबल क्षेत्रमा राम्रो प्रयास गरेको बताएका थिए ।
भोलिको पहिलो खेल ११ बजे खुदुनाबारी स्पोर्टिङ झापा र फक्ताङ्लुङ फुटबल क्लब बिच त्यस्तै दोस्रो खेल ०१:३० बजे गोदावरी स्पोर्टिङ माइ न पा र यु.एफ.वाइ.सि देनपा ९ बिच हुने छ। जितपुर माबी को खेलमैदानमा जारी खेलको फाइनल भने माघ पाच गते हुने छ। इलाम झापाका गरि सोह्र टिमको प्रतिस्पर्धाका रहने गोल्डकपमा इलाम बाट संचालित अनलाइन पोर्टल माइपोखरी न्युज र नयाँ बुलन्द डटकम मिडिया पार्ट्नर रहेका छन।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता