चिकित्सा शिक्षा विधेयक तोडमोड गरिए पछि डा केसी अनसन बस्न इलाम आउँदै

इलाम, १ संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत उपसमितिले पास गरेको चिकित्सा शिक्षा विधेयकतोडमोड गरे पछि  डा गोविन्द केसी समय सिमा भन्दा अगावै अनसन वस्न इलाम आउने भएका छन् । 
डा केसीले त्रिवि शिक्षण अस्पतालमा आज बिहान पत्रकार सम्मेलन गर्दै केसीले आफूसँग सरकारले गरेको सहमतिविपरीत विधयेकको प्रतिवेदन बनाएकोमा आपत्ति जनाएका थिए ।
समितिले आइतबार विधेयक पास गरेको थियो। विधेयक नसच्चिए समय सीमाअघि नै अनसन बस्ने केसीको भनाइ छ। १८ गतेदखि अनसन बस्न उनी इलाम पुगे पनि स्थगित गरेका थिए।
संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीको आग्रहपछि डा गोविन्द केसीले अनसनको समय २५ गतेसम्मका लागि सारेका थिए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता