फाल्गुनन्द गोल्डकपः झापासँग एपीएफ पराजित

फिदिम, २३ पुसः  विभागिय टोली नेपाल एपीएफ क्लब काठमाण्डौलाई ३–१ गोलले पराजित गर्दै झापा ११ पाँचथर सदरमुकाम फिदिममा जारी १० औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमी फाइनल प्रवेश गरेको छ । 
फिदिम माविको मैदानमा सोमबार भएको क्वाटर फाइनलको पहिलो खेलमा झापाको सामाना गरेको एपीएफले जित निकाल्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । झापाको जितका लागि कर्ण लिम्बू एक्लैले दुई गोल गरे । दिलेन लोत्तामले थप एक गोल गरेर जितलाई फराकिलो बनाए । एपीएफका मनिस लामाले एक गोल गरे । 
खेलको २३ औँ मिनेटमा झपाका कप्तान कर्ण लिम्बूले सुरुवाती गोल गरेका थिए । देबेन्द्र तामाङको क्रसलाई कर्णले जाली चुमाए । खेलको ३२ औँ  मिनेटमा एपीएफका मनिस लामाले जवाफी गोल गरेर खेललाई बराबरीमा ल्याए । कुमार डंगोलको पासबाट मनिसले गोल ठोकेका थिए । खेलको ३८ औँ मिनेटमा झापाका दिलेन लोत्ताताले गोल गरेर टिमलाई अग्रता दिलाए । 
खेल अवधिभर एपीएफलाई झापाले दवावमा राख्यो । एपीएफले राम्रो मुभ बनाउन नसक्दा उसले दोस्रो हाफमा पनि स्कोर गर्न सकेन । खेलको ८५ औँ मिनेटमा झापाका कप्तान कर्ण लिम्बूले थप एक गोल गरेर जितलाई निश्चित गरेँ । सोमबारको खेलमा झपाका कप्ता कर्ण लिम्बू म्यान अफ  द म्याच भए । उनले १० हजार नगद पुरस्कार प्राप्त गरे । 
राम्रो खेल्दाखेल्दै पनि हाफ्नो टोलीले हार खानुपरेको एपीएफका खेल प्रशिक्षक सुदिप श्रेष्ठले प्रतिक्रिया दिए । ‘खेल हो हारजित हुन्छ,’ श्रेष्ठले भने ‘राम्रो खेलेर पनि स्कोर गर्न नसक्दा हार खानुपरेको हो ।’  
विगत बर्षहरु देखिनै मैदानको अनुभव बटुलेकाले आफ्नो टिमलाई खेल्न सजिलो भएको झापाका खेल प्रशिक्षक प्रवेश कटुवालले बताए । ‘हाम्रो टिमलाई मैदानको राम्रो अनुभव थियो,’ कटुवालले भने ‘सिनियर खेलाडीहरु मैदानमा उतारेकाले जित निकाल्न सजिलो भयो ।’ खेलमा टिम कप्ताल कर्ण र दिलेन लोत्तामले राम्रो तालमेल मिलाएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता