दुवै सदनको बैठक आज : राष्ट्रियसभामा चिकित्सा विधेयक पारित गर्ने तयारी, अवरोध गर्ने कांग्रेसको चेतावनी

काठमाडाैँ । संघीय संसदका दुवै सदनकाे बैठक आज बस्दै छ । माथिल्लाे सदन राष्ट्रय सभामा चिकित्सा विधेयक पारित गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।
गत शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे अवरोधका बीच चिकित्सा विधेयक पारित भएको थियाे । त्यसकाे झण्डै एक सातापछि आज प्रतिनिधिसभा बैठक बस्न लागेकाे हाे ।
आजै राष्ट्रियसभाकाे बैठक पनि बस्ने भएको हो । यद्यपि, दुवै सदनको बैठकमा आज पनि अवरोध गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तयारी छ ।
राष्ट्रियसभामा चिकित्सा विधेयकमा प्राप्त संशोधनमा छलफल र पारित गर्ने कार्यसूची छ भने प्रतिनिधिसभाको कार्यसूची बनेको छैन । प्रतिनिधि सभामा विधेयकलाई राेक्न खाेज्दाखाेज्दै अवरोध र होहल्लाबीच पारित गरिएको भन्दै कांग्रेसले राष्ट्रियसभामा भने जसरी पनि रोक्ने तयारी गरिरहेकाे जनाइएकाे छ ।
सभामुख कृष्णबहादुर महराले भने आज कांग्रेस नेतालाई परामर्शका लागि बोलाउनुभएको छ । उता कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएर अबकाे रणनीति तय गर्ने जनाइएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता