‘झुल्के घाम’ देखिने पर्यटकीय क्षेत्र अन्तुमा खानेपानीको समस्या

अन्तु ।  पूर्वी नेपालमै प्रख्यात पर्यटकीयस्थल अन्तुमा खानेपानीको समस्या भएको छ । हरियालि चिया बगानसँगै सूर्योदय र कंचनजङ्घा हिमश्रङ्खलाको दृश्यावलोकनको प्रख्यात पर्यटकीय क्षेत्र अन्तुमा खानेपानीको समस्या भएको हो ।
पर्यटकको चाप बढेसँगै होटल, होमस्टे र लजहरु थपिने क्रम बढेसँगै खानेपानीको समस्या भएको होटल व्यवसायी खगराज घिमिरेले बताउनुभयो । अन्तुडाँडाको भ्युटावर क्षेत्र र अन्तु पोखरि क्षेत्रमा खानेपानी हाहाकार भएको छ । अन्तु पर्यटकीय क्षेत्रमा पानी आपूर्तीका लागि अन्तु खानेपानी आयोजना संचालनमा आएपनि पुरानो संरचनाको मर्मत नभएका कारण होटल, होमस्टे र लजमा पानी अभाव भएको हो । पर्यटक आउने क्रम रहेपनि पानी अभाव भएपछि व्यवसायीले पर्यटकका लागि मिनरल वाटरका बोतलको खानेपानी प्रयोग गरिएको र शौचालय प्रयोगका लागि ट्याङ्करमा पानी बोकेर चलाइदै अएको छ । होटल व्यवसायीले प्रतिलिटर एक रुपैयाँका दरले खानेपानी खरिद गर्दै आएका हुन् ।
अन्तु खानेपानीको संरचना पुरानो भएकाले धारामा पानी नआउने भएपछि केहि होटल व्यवसायीले निजी बारिका धनीसँग मासिक भाडामा लिएर सिममा कुवा बनाई प्रयोग गर्दै आएको होटल क्याम्प फायरका प्रोपाइटर प्रज्वल प्रधानले बताउनुभयो । अन्तु पोखरी वरिपरिका होटल तथा होमस्टे संचालकले नजीकैको सीमबाट मोटरको सहयोगमा पानी तानेर प्रयोग गर्न थालेका हुन् । पर्यटकको चाप बढ्दै गएपछि अन्तुको भञ्ज्याङ्ग क्षेत्रमा पनि पानीको समस्या शुरु भएको अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले बताउनुभयो ।
अन्तुको भ्यु टावर क्षेत्रमा पानीको मुहान नरहेका कारण त्यहा रहेको शौचालय प्रयोग गर्दा पर्यटकले ‘मिनरल वाटर’ नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । भ्यु टावर क्षेत्रमा पानी पु¥याउनका लागि पम्पिङ्ग खानेपानी योजना संचालनको काम शुरु गर्न लागिएपनि बजेट अभावले रोकिएको पर्यटन विकास केन्द्रको भनाइ रहेको छ । खेतियोग्य जमिन चिया बगानले भरिएको अन्तुका स–सना खोल्सामा पानीका मुहान रहेपनि पुरै अन्तु क्षेत्रलाई खानेपानि पु¥याउनका लागि आयोजना संचलान हुन सक्ने मुहानको खोजि भइरहेको स्थानीय बताउँछन् ।
अन्तुमा पर्यटकिय सिजन शुरु नभएपनि नियमित दैनिक ३ सय बढी नेपाल र भारतका पर्यटक पुग्ने गरेका छन् । अशोज, कात्तिक, मंसिर, चैत्र र बैशाख पर्यटकीय सिजन मानिने अन्तु क्षेत्रमा सिजनका बेला दैनिक सात हजारसम्म पर्यटक पुग्ने गरेका छन् । पर्यटकलाई बस्न र खानका लागि अन्तु सामुदायीक होमस्टेमा आवद्ध ४४ वटा होमस्टे र दर्जन बढी होटल, लज र कटेज संचालनमा रहेका छन् । लाेकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता