मनसा सिमेन्ट उद्योग व्यवस्थापकको हत्या

व्यवस्थापक दुगड बस्दै आएको क्वाटर/ तस्बिर : मनिषा चम्लागाईँ
झापा, १३ माघः झापा भद्रपुर –९ मा रहेको मनसा सिमेन्ट उद्योगका व्यवस्थापकको हत्या भएको छ । उद्योगमा कार्यरत भारत आन्द्रप्रदेश विसाखा पटनमका कमलसिंह दुगडको हत्या भएको हो । 
दुई वर्ष देखि उद्योगमा कार्यरत दुगडको शव सिमेन्ट उद्योग भित्रको क्वाटरमा दुवै हात खुट्टा बाँधेर मुखमा सिराने कोचेको अवस्थामा शनिबार विहान भेटिएको थियो  । विहान ७ बजे उनलाई लिन क्वाटरमा गएको गाडीका चालकले सुतेकै स्थानमा दुगडको हत्या भएको देखेपछि प्रहरीलाई खबर गरेको  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालले बताए । दुगडका बुबा बिरामी भएको खबर पाएपछि शनिबार उनी भारतको बागडुकुरा विमानस्थल हुँदै घर जाने तयारीमा रहेका थिए । उनलाई विमानस्थल छोड्न उद्योगको ट्याक्सि क्वाटर पुगेको थियो । 
घटनाबारे जानकारी पाएसँगै प्रहरीले घटना स्थललाई सिल गरि शनिबार विहानैदेखि अनुसन्धान गरिरहेको प्रहरी प्रमुख ढकालले बताए । “प्रदेश प्रहरी कार्यालय विराटनगर अन्र्तगतको धरान स्थित कुकुर शाखाबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान सुरु गरेका छौँ ” प्रमुख ढकालले भने, “ हत्यामा संलग्नको हात र खुट्टाको गन्धको पहिचान गरी कुकुरले हत्यारा पत्ता लगाउन सक्ने संभावना रहेकाले पहिलो चरणमा हत्याभएको स्थानलाई सिल गरि कुकुरबाट अनुसन्धान सुरु गरेका हौँ ।” व्यवस्थापक दुगडको उद्योग परिसर भित्रै हत्या भएकाले भित्र काम गर्ने कामदारलाई प्रहरी निगरानीमा राखिएको छ भने सबै कोणबाट अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । व्यवस्थापक दुगडको हत्या उद्योग परिसरमा नै भएकाले कामदारलाई प्रहरी निगरानीमा राखेर भने सबै कोणबाट अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 


    

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता