आवास निर्माण शुरु

बिर्तामोड, १३ माघः बिर्तामोड नगरपालिका, सहारा नेपाल र ह्यावीट्याट नेपालको साझेदारीमा बिर्तामोड नगरपालिका – ७ का गरिब, असहाय अपाङ्ग, एकल महिला, अल्पसंख्यक नागरिकहरुको निम्ति निर्माण हुने ३० वटा सामुदायिक आवास निर्माण सुभारम्भ भएको छ । 

स्थानीय झुडु किस्कुको घरको शिलान्यास गरी आवास निर्माण आरम्भ भएको छ । वडा – ७ स्थित मिलडाँडामा आयोजित एक कार्यक्रममा सो आवास निर्माणको प्रदेश सभा सदस्य एकराज कार्की, नगरप्रमुख ध्रुबकुमार शिबाकोटी र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संयुक्तरुपमा गरेका थिए ।

कार्कीले गरिब तथा बिपन्नलाई घर निर्माणसँगै प्रदेशको बजेट अन्तरगत आफ्नो क्षेत्रका सबै फुसका छाना हटाउने अभियान थालिएको बताए । बिर्तामोड नगरपालिकाका प्रमुख शिबाकोटीले अब प्रत्येक बर्ष बिपन्न समुदायलाई नियमितरुपमा घर निर्माण गरिदिने बचन दिए । 

सहयोगी संस्था सहारा नेपालका कार्यकारी प्रमुख गिरीले ह्यावीट्याट नेपालको सहयोगमा झापामा ६ सय वटा घर बनाउन लागेको जानकारी दिँदै बिर्तामोडमा संस्थाको केन्द्रीय कार्यालय रहेका कारण पनि यस क्षेत्रमा थप काम गर्न संस्था तयार रहेको बताए । वडा–७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता