अक्षयकोषका लागि संस्थापक दाहालको सहयोग

बिर्तामोड, १३ माघः महिला संचारकर्मीको छाता संगठन नारी सञ्चार गृहले स्थापना गरेको अक्षयकोषका लागि गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहाल भट्टराईले २५ हजार ५ रुपैयाँ सहयोग गरेकी छन् ।
आफ्नी कर्म आमाको वार्षिक कममा आयोजना गरिएको श्रीमत भागवत सप्ताहको अवसरमा आमाको स्मृति स्वरुप उक्त रकम प्रदान गरिएको हो ।
संस्थापक अध्यक्ष दाहाल उनका श्रीमान गोपीकृष्ण भट्टराईले नारी गृह झापाकी कार्यवाहक अध्यक्ष भीमा शिवाकोटी, सचिव रेजिना गौतम, संस्थापक इन्दु पूर्वेली, सदस्य मनिषा चम्लागाँई, चन्दा भट्टराई, सिला उप्रेतीसहितको टोलीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम ग्रहण गर्दै नारी संचार गृहकी कार्यवाह अध्यक्ष सिवाकोटीले दाहलले गृहलाई जन्माउनेदेखि हुर्काउनेसम्मको कर्म गरेको बताइन् । उनले गृहले स्थापना गरेको कोषलाई लक्ष्यमा पुग्न दाहालले गरेको सहयोगको प्रशंसा गरिन् । गत भदौं २१ गतेदेखि सुरु गरिएको नारी संचार अक्षयकोषमा हाल दुईलाख २५ हजार बढी रुपैयाँ जम्मा भएको छ । संस्थाले विभिन्न लक्ष्यका साथ २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हो ।
सावीत्रा र गोपीकृष्णले पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार उपचार कोषमा ५ हजार ५ रुपैयाँ, सुरुङ्गा प्रेस क्लवलाई ५ हजार ५ रुपैयाँ, कनकाई विहानी क्लबलाई १० हजार ५ रुपैयाँ, भट्टराई कुल वंश झापालाई ५ हजार ५ रुपैयाँ, भट्टराई कुल वंश सुरुङ्गा नगर समितिलाई ५ हजार ५ रुपैयाँ प्रदान गरेका छन् । 
 पुराणका प्रमुख कर्ता गोपीकृष्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भट्टराई कुल वंश प्रतिष्ठान झापा अध्यक्ष लक्ष्मीप्रसाद भट्टराईले बोलेका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता