इलामको मालापथमा आगलागि, लाखौँको क्षति

इलाम, १३ माघः इलाम नगरपालिकाको इलाम बजारको मालापथमा आगलागि भएको छ । आगलागिबाट समाता स्कुलको पछाडि रहेको स्थानीय मन वहादुर गुरुङको दुइतले घर मध्ये एकतला पूर्ण क्षति भएको छ । छेउछाउमा अरुघर नजोडिएको हुँदा एक घरमात्र आगलागि भएको छ । विहान ६ः३० बजे शुरु भएको आगो ८ः०० बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।  इलाम नगरापलिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो ।
घरमा खाना बनाउन राखेको ग्याँस सिलिण्डर लिक भएर आगलागि भएको वताईएको छ । चारकोठे पक्की घरमाथि बनाइएको टिनको बेरा भएको चारकोठा पूर्णरुपमा क्षति भएको छ । घरमा भएको सामान निकाल्न नपाए पछि सम्पूर्ण सामान पनि जलेर नस्ट भएको छ । 
घरमा के कति सामान थियो विवरण आउन नसकेकपछि कति मुल्य बराबरको क्षति भएको हो एकिन मुल्य आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता