
पाल्पा, २८ पुसः काठमाण्डौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ मंसिर २३ गतेदेखि २५ गतेसम्म पाल्पा जिल्लाको छहरामा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको छ । उक्त तालिममा छहरा शाखाका २३ जना ग्राहक सदस्यहरुको सहभागिता रहेको संस्थाका छहरा शाखाका शाखा प्रमुख ज्ञान बहादुर दर्लामीले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरुमा पशु सेबा कार्यालय छहराका नारायण दर्लामी र टुइकंल के.सी. रहेका थिए ।
रैनादेवी छहरा बडा नं. ४ का बडाध्यक्ष बिष्णु पोखरेलले पानसमा दीप प्रज्ज्वलन गरी उदघाटन भएको कार्यक्रमको शाखा प्रमुख ज्ञान बहादुर दर्लामीले अध्यक्षतामा गरेका थिए । वडाध्यक्ष विष्णु पोखरेल, अभिभाबक देवी प्रसाद पौडेलले मन्तब्य दिएका थिए । क्षेत्रीय कार्यालय भैरहबाका क्षेत्रीय प्रमुख शम्भु न्यौपानेले सस्थाको वित्तीय अवस्था तथा संस्थाले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी दिएका थिए ।
तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट गोमा अर्याल र भिमा खत्रीले तालिमबाट आफूहरुले धेरै कुरा सिक्न पाएको बताउँदै समाजमा अन्य क्षेत्रको विकास सम्बन्धी तालिमहरुको समेत आवश्यकता रहेको जनाएका थिए । यस तालिम फाईदाजनक तालिम रहेको ग्राहक सदस्यहरुले बताएका थिए । संस्थाले विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आफ्नो ग्राहक सदस्यहरुको आर्थिक विकास, सामाजिक विकास गर्दै आएकोमा सहभागीहरुले खुसी ब्यक्त गरेका थिए । समापन सत्रमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखाका प्रमुख ज्ञान बहादुर दर्लामीले सहभागीहरुलाई तालिमबाट सिकेको सीप ज्ञानको प्रयोग गर्दै आगामी दिनमा सफल उद्यमी बन्न शुभकामना दिएका थिए । तालिमकै क्रममा क्षेत्रीय कार्यालय भैरहबाका क्षेत्रीय प्रमुख शम्भु न्यौपानेले संस्थाले एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको र संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिइ ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बताएका थिए ।