रोगको कारणले इलाममा सुन्तला बगान मासिदै, सरकारले चासो नदेखाएको किसानको गुनासो (भिडियो सहित)

  • बिनय तिम्सीना

इलाम, ७ माघः यतिवेल इलामको मौसम खुलेको छ न्यानो घाममा सिजन अनुसारको फल बिक्रीमा निक्कै वृद्धि भएको छ । अहिले इलाममा उत्पादित सुन्तोलाको व्यपार राम्रो भएको छ । गत सालको तुलनामा  सुन्तलाको उत्तपादतमा केहि कमि भएको छ । अहिले इलाममा रोगको कारणले सुन्तोलाको उत्तपादनमा गिरावट आउने अनुमान गरिको छ ।  सुनतलाको राजधानी मानिएको इलामको रोङ गाउँपालिकाको सलकपुरमा अहिले ७० वर्ष पुराना सुन्तलाका बगान सर्लक्कै सुकेका छन् । 
हेनुहोस न्युज२४ टेलिभिजनमा प्रसारण भएको भिडियो ।

सरकारी तवरबाट रोग निधानको कुनै पहल नहुँदा पनि त्यहाँका बासिन्दा सुन्तलाको इलिहास मेटीनेमा चिन्तीत छन् । यस्तै गाउँपालिकाहरु माइजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका, र देउमाई नगरपालिकाममा सुन्तलाको उत्पादनमा कमि आएको तथ्याङ्क  छ  ।
आफु सानै हुदा देखि जिर्मलेको सलकपुरमा धेरै सुन्तला उत्पादन हुने गरेको सुन्तला सुक्नु भन्दा पहिला याहाँका मानिसले कम्तीमा पनि ३ करोड सम्मको वार्षिक सुन्तला बिक्री गर्ने गरेको वताउँछन् स्थानीय सुन्तला कृषक विरवहादुर तामाङ ।
सुन्तलामा लागेको रोगको विषयमा सरकारी पक्षबाट चासो नदिंदा पनि जिर्मलेको सुन्तलाको इतिहास मेटीन लागेको सलकपुराका सुन्तला कृषक माधव खनाल वताउछन् । उनी भन्छन् अहिले अलिअलि फल लाग्दै गरेका वोटहरुमा पनि भविष्यमा मासिएर जाने खतरा बढेको छ । रोगको पहिचन गरेर सहि सामाधान नहुनाले पनि सुन्तला मासिदै गएको उनि वताउँछन् ।
इलामको सुन्तोला स्थानीय वजारमा नै राम्रो सँग विक्री हुने सुन्तला यसरी मासिन थाले पछि इलामका किसानहरु चिन्त देखिन्छ । इलाकको सुन्ताला झापाका बजारहरुमा पनि राम्रो विक्री हुने गरेको छ । केहि सुन्तोला छिमेकी मुलुक भारताको सिलिगुरी र कोलकत्तामा समेत विक्री हुने गरेको छ । 
इलाममा अहिले ३५० हेक्टर क्षेत्रफलमा सुन्तोलाको खेती भई रहेको छ । इलामा यो  वर्ष ३६२९ मेट्रीकटन सुन्तोला उत्पादन हुने अनुमान गरिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता