इलामका महतले थोरै जमिनको उपयोग गर्दै धेरै तरकारीको उत्पादन

  • गोबिन्द पौडेल 

फिक्कल, ७ माघः परम्परागत तरिकाले धेरै जमिनमा खेतीगर्नु भन्दा कृषिमा आधुनिकिकरण गर्न सके थोरै जमिनबाट पनि धेरै आम्दानी गर्न सकिने  भएको छ ।
गाउँमा धेरै जमिन ओगटेर पनि निर्वाहामुखी खेतीसम्म हुन नसकेको बेलामा सूर्योदयन गरपालिका वडा नं ९ मा एक ब्यक्तिले थोरै जमिनको उपयोग गरेर आफुलाइ चाहिने भन्दा बढी तरकारी उत्पादन गरिरहेका छन् ।
यसरी्र मनग्गे तरकारी उत्पादक उदाहरणीय ब्यक्ति फिक्कल माध्यामिक विद्यालयका प्रधानाध्यापक समेत रहेका  गांगा महत रहेका छन् । महतले एक बर्ष अघिदेखी आफ्नै करेसामा रहेको ढेड रोपनी जति बारीको उपयोग गरेर आफुलाइ चाहिने जति तरकारी आफै उत्पादन गर्ने गरेको र आफ्ना छिमेकी केही घरलाइ समेत नियमित रुपमा तरकारी बाढ्ने गरेको बताए ।
महतले एकबर्ष अघि दुइलाख पच्चिसहजारको लगानीमा सो बारीमा साठी बाइ पच्चीसको टनेल निमार्ण गरेर बेमौसमी तरकारी खेती गर्ने गरेका कारण कहिल्यै पनि तरकारी किन्न नपरेको बताए । शहरमा  पाइने तरकारी बिषदी युक्त हुने र दिनहु किनेर तरकारी खादा पैसा र स्वास्थ्य दुवै सकिने भएपछि आफैले बिहान बेलुको समयको उपयोग र स्वास्थ्य तरकारीको लागि यसरी लगानी गरेको उनले बताए । उनी भन्छन् यहा उत्पादन भइको तरकारी मेरो परिवारले उपभोग गरेर सक्दैनन् तर स्वस्थ्य र आर्गेनिक भएको कारण मैले छर छिमेकी साथीभाइलाइ समेत बाडेर  खाएको छु बेचेकै भए एक बर्षमानै लगानी उठाइ सक्ने थिए ।
 अहिले पनि महतको उक्त टनेलभित्र मटर, काउली, अकबरे खुसानी, टमाटर लटरम्म फलेको देख्न सकिन्छ । उनी त एक उदाहरण मात्रै बनेका हुन उनले जस्तैसानो जमिनको टुक्राको उपयोग गर्ने हो भने तरकारीमा रहेको परनिर्भरता हटेर आर्थिक समृद्धिको पाटोमा सहयोगी बन्ने  देखिन्छ यसले पनि महतको कार्यको सिको गर्न जरुरी छ ।  भने सरकारी र सरोकार राख्ने निकायले यस्ता कार्यहरुलाइ प्रेरणा दिन जरुरी देखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता