कालिस्थानमा १५० को स्वास्थ्य परीक्षण

विर्तामोड ७ माघः अर्जुनधारा नगरपालिका–९ स्थित कालिस्थानमा आयुर्वेद सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 
नेपाल प्रेस युनियनको आयोजना, कालिकापीठ कालिस्थानको सहआयोजना तथा रविन आयुर्वेदिक औषधालयको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा एकसय ५० बढीको स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको थियो । 
आयुर्वेद डाक्टर अहिल्या मैनाली नेतृत्वको टोलीले स्वास्थ्य परिक्षण गरेको शिविरमा एकलाख २० हजार मूल्य बराबरको निःशुल्क औषधी समेत वितरण गरिएको शिविर संयोजक रणदेव हजामले जानकारी दिनुभयो ।
युनियनकी झापा अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यतामा भएको शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि राना, अर्जुनधारा नगरपालिका वडा नं.–९ का वडाध्यक्ष पुण्य प्रसाई, गुरुकूल शिक्षा परिषद झापाका अध्यक्ष डिल्लीराम दाहाल, डा. अहिल्या मैनाली कालिका पीठका आचार्य रघुनाथ रिजाल, नारी सञ्चारगृहकी कार्यवाहक अध्यक्ष भीमा शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वास्थ्य उपचारमा पनि मुलुक पश्चिमातिर ढल्किएको बताउँदै कार्यक्रमको प्रमुख अतिथि रानाले  पूर्वीय दर्शनमा आधारित आफ्नै खेतबारीमा पाइने जडीबुटीको उपयोगबाटै स्वस्थ्य रहने सकिने बताउँदै त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नु भयो ।
आफ्नै घर आँगनमा पाइने जडीबुटीबाट निर्माण गरिएको आयुर्वेद औषधीले कुनै पनि साइड इफेक्ट नगर्ने हुनाले नै यसको महत्व बढेको वक्ताको भनाई थियो । कार्यक्रम कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, कालिका मातृ समूहकी उपाध्यक्ष रेणु बस्नेत लगायतको आतिथ्यता रहेको थियो । 
कार्यक्रम संयोजक रणदेव हजामले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियनका सचिव डिल्लीराम घोसाईँले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता