रोटरी र बैंक विद्यालयसम्म

बिर्तामोड, २ फागुनः  जनता बैंक र रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले बिर्तामोड –१० स्थित लक्ष्मीनारायण प्राविमा शुद्ध खानेपानीको व्यबस्था गरिदिएका छन् ।
आर्सेनिक र आइरन मिसिएको खानेपानी पिउन बाध्य विद्यार्थीका लागि जनता बैंक र रोटरी क्लब अफ  बिर्तामोड मिडटाउनले १ लाख ५ हजार रुपैयाँको लागतमा खानेपानीको योजना बनाइदिएका हुन् । सो योजनाको एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख पबित्रा महतारा प्रसाईंले  विद्यालयलाई हस्तान्तरण गरिन् । ‘शुद्ध पानी तिम्रो लागि नानी’ नारा लिएर रोटरी क्लब अफ  बिर्तामोड मिडटाउनले विद्यालयहरुमा खानेपानीको कार्यक्रम गर्दै आएको रोटरी क्लबकी अध्यक्ष शुभ कुमाई पाठकले बताइन् । त्यस्तै मिडास एजुकेशन सफ्टवेयरसंग मिलेर रोटरीले  विद्यालयमा व्यबस्था गरिदिएको ई–लर्निङ कक्षा पनि हस्तान्तरण गरिएको रोटरी क्लब अफ बिर्तामोडकी प्रकृति न्यौपानेले बताइन् । त्यसका लागि १ लाख ४० हजार रुपैयाँ खर्च भएको जनाइएको छ । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा  जनता बैंकका कार्यकारी निर्देशक कबिन्द्र रेग्मी, एक्सल बैंकका कार्यकारी निर्देशक दिनेश पोखरेल, बिर्तामोड नगरपालिका –१० वडाध्यक्ष दुर्योधन गुरुङ, नगर शिक्षा अधिकारी युवराज पाण्डे, विद्यालयका प्रधानाध्यापक पे्रमप्रसाद आचार्य लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक झनक कोइरालाले गरेका थिए ०५६ सालमा स्थापित सो प्राथमिक विद्यालयमा १९१ जना विद्यार्थी रहेका छन् । यसअघि रोटरी क्लबले कक्षा कोठा, कम्प्यूटर ल्याब, लाइब्रेरी जस्ता भौतिक पूर्वाधार निर्माण गरिदिएको रोटरी क्लबका सचिव समेत रहेका एक्सल बैंकका कार्यकारी निर्देशक पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता