एमएस धोनीको नाममा पवेलियन

इलाम, २ फागुनः भारतका सवैभन्दा सफल कप्तानमध्ये एक सफल कप्तान  महेंद्र सिंह धोनी हुन जसले भारतलाई दुइवटा विश्वकप ( टी–ट्वान्टी २००७ र विश्वकप २०११) जीताएका थिए । अहिले उनको नाममा  झारखंडमा एक पवेलियन बनाइएको छ ।।  मुंबईमा पनि  केही साल पहिला सचिन तेंदुलकर र सुनील गावस्करको नाममा पवेलियन बनाइएको थियो । 
रांचीको जेएससीए स्टेडियममा धोनीको नाममा पवेलियन बनाइएको हो । धोनीको नाम जेएससीए स्टेडियमको  साउथ पवेलियनमा लेखेको छ । यसको साथै साउथ जोनको गेटमा पनि थोनीको नाम लेखेको छ । 
२००४ मा बांग्लादेश विरुद्धको खेलमा डेब्यू  गरेका धोनीले झारखंडलाई एउटा नया पहिचान दिएका छन् । धोनी रांचीका एक सफल खेलाडीको रुपमा विश्वभरी नै चिनिन्छन् । यसै कारणले पनि झारखंड क्रिकेट एसोसिएशनले धोनीलाई सम्मान दिएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता