व्यापार कर्मचारी संघमा कृष्ण

बिर्तामोड, २९ माघः नेपाल व्यापार कर्मचारी संघ झापाको अध्यक्षमा कृष्ण पोखरेल चयन भएका छन् । संघको चौथो जिल्ला अधिवेशनबाट पोखरेल अध्यक्षमा सर्वसम्वत चयन भएका हुन् । समितिको उपध्यक्षमा तुजु अधिकारी, सचिव जीवन निरौला, सहसचिवमा दीपक न्यौपाने, कोषाध्यक्षमा गोमा थापा रहेका छन् । सदस्यमा कविन्द्र रिजाल, गोमा भट्टराई, कमल वुढाथोकी, नवराज दुलाल, मालती राजवंशी, शिवहरि काफ्ले, अंविका नेम्वाङ्ग मीना रिक्यासन रहेका छन् । 
ग्लोवल युनियन नेपाल (युएनआई)का अध्यक्ष शंकर लामिछानेको प्रमुख आतिथ्यमा अधिवेशनमा युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेल, नेपाल चेम्वरअफ कमर्सका प्रदेश अध्यक्ष राजेन्द्र घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, वरिष्ट उपाध्यक्ष प्रकाश शिवाकोटी, जिफन्टका प्रदेश उपाध्यक्ष सन्तकुमार राई, नेपाल टे«ड युनियन झापाका अध्यक्ष यज्ञप्रताव अधिकारी लगायतले बोलेका थिए । 
नेपाल व्यापार कर्मचारी संघ झापाका सचिव जीवन निरौलाले स्वागत गरेको कार्यक्रमको संचालन केशव भट्टराईले गरेका थिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता